काठमडौं ।। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ६ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । केन्दीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४ लाख ८५ हजार १ सय १४ जना उपचाररत रहेका छन् । भने ९ लाख १७ हजार ५ सय ६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।