दिनेश देहात ।। बारा ।। सूर्योदय वोमी लघुवित वित्तिय संस्थाको सदस्य अभिभावक भेला तथा गुनासो सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय वोमी लघुवित वित्तिय संस्थाको जितपुर सिमरा शाखा कार्यालयको आयोजनामा वार्ड नं. १९ ईनर्वासिरामा सयौको संख्यामा सदस्य अभिभावकहरुको सहभागितामा सदस्य अभिभावक भेला तथा गुनासो सुनवाई कार्याक्रम सम्पन्न भएको हो ।
जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं. १९ का वडा कार्यालय प्रमुख दिपेन्द्र कुमार क्षेत्रीको प्रमुख आथिथ्यको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले, लघुवित संस्था नेपालको परिपेक्षमा अपरिहार्य रहेको तथा बंैक र वितिय संस्थाबाट लिएको रिण सदुपयोग गरि कर्जा तिर्न र बचत गर्न बानीको विकास गर्नु पर्ने बताउनु भयो ।
खुश्वुन नेसाको सभापतित्व सम्पन्न कार्यक्रममा सूर्योदय वोमी लघुवित वित्तिय संस्था सिमरा स्टेशनका प्रमुख चित्रराज सुवेदी लगायतको सहभागिता तथा परवानीपुर र बढनियार शाखाका शाखा प्रमुख रमेश मुखिया र हृदयनारायण चौधरीले वित्तिय संस्थाको नीति नियमवारे जानकारी गराएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here