काठमाडाै ।। प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो । दुवै अस्पतालमा भएका भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको आज ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको हो । चार सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।