रौतहट ॥ आगामी फागनु २१ गते हुने निर्वाचनलाई लक्षित गरि गठन गरिने निर्वाचन प्रहरीमा भर्नाका लागि रौतहट जिल्लामा दोवर संख्यामा आवेदन दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि जिल्लाभरबाट ६ हजार २ सय ८४ जना युवायुवतीले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आवेदन दिनेहरूमध्ये अधिकांश युवा रहेका छन् भने महिला आवेदकको संख्या पनि उत्साहजनक देखिएको छ । निर्वाचन प्रहरीमा भर्नाको लागि ९ सय ३६ जना महिला र ५ हजार ३ सय ४८ जना पुरुष गरि जम्मा ६ हजार २ सय ८४ जना युवायुवतीले आवेदन दिएको प्रहरी नयाव उपरिक्षक (डिएसप) विष्णु प्रदिप वस्यालले संगम खवरलाई जानकारी गराएका छन ।
पहाडका केही जिल्लाहरुमा मागँ अनुसारको आवेदन दर्ता नभए पछि सात दिनको म्याद थप गरिए पनि रौतहट जिल्लामा ३ हजार ४ सय ६६ दरबन्दी रहेकोमा आवश्यक संख्याको करिव दोवर संख्यामा आवेदन परेकोले थप नगरिएको समेत प्रहरी नयाव उपरिक्षक (डिएसप) विष्णु प्रदिप वस्यालले बताउनु भयाे ।
आवेदन दर्ता प्रक्रिया सम्पन्न भएको जनाउँदै अब निर्धारित मापदण्ड अनुसार छनोट प्रक्रिया अगाडि बढाइने र छनोटमा सफल उम्मेदवारलाई आवश्यक तालिम प्रदान गरी निर्वाचन सुरक्षामा खटाइने डिएसप वस्यालले बताउनु भयाे ।
