राैतहट ।। दुबई जान उडेका उदयपुरका गंगाबहादुर चार महीनापछि दिल्लीमा बेवारिसे अवस्थामा भेटिएकाे छ ।
उदयपुर कटारिको गंगाबहादुर दर्लान (परियार) दुबई रोजगारीका लागि भन्दै घरबाट निस्किएका मात्रै थिएनन उनी एअपोर्टबाट बिदाइ भएर उडेका थिए तर उनी दुबई नपुगी भारतको दिल्लीमा ४ महिनापछि बेवारिसे अवस्थामा फे’ला परेका छन्।
दिल्लीमा भेटिएपछि ‘वैदेशिक रोजगार उद्धार नेपाल’ को पहलमा उनलाई नेपाल ल्याइएको छ। उद्धारपछि गंगाबहादुरलाई उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको खुट्टाको एक औँला गा यब रहेको छ। औँला कसरी र कहिले ह रायो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। उनी दिल्लीमा बिजोग अवस्थामा भेटिएको भिडियो नै बाहिरिएको थियो ।
उनी कसरी दिल्लीमा बेजारिसे भएभन्ने बिषयमा परिवार र स्वयमा उनी नै अन्जान छन ।





