काठमाडौं ।। नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। अधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेकाले मतदान अब केही बेरमा पार्टी कार्यालय च्यासलमा हुँदैछ। अध्यक्षका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ। कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको हो। अध्यक्ष पदका लागि अन्य उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनीहरूबीच प्रतिष्पर्धा हुन लागेको हो। अधिवेशनमा केशवप्रसाद पाण्डे,सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी दर्ता गराए पनि पछि उनीहरूले फिर्ता लिएका थिए। उम्मेदवारी फिर्ता लिएका पाण्डेले भने ढुंगलेलाई समर्थन गरेका छन्। उपाध्यक्षमा ईश्वरप्रसाद पोखरेल,दावा दोर्जे लामा,नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here