रौतहट ।। करदाता सेवा कार्यालय हटाउने सरकारी निर्णयको विरोधमा आजदेखि रौतहट उद्योग वाणिज्य संघले गौरस्थित करदाता सेवा कार्यालयको मूल गेटमै धर्ना कार्यक्रम सुरु गरेको छ ।
संघले करदाता सेवा कार्यालय हटाइएमा जिल्लाका उद्योगी, व्यवसायी तथा सर्वसाधारण करदातालाई ठूलो समस्या पर्ने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । धर्नामा सहभागी उद्योगी तथा व्यवसायीहरूले कर तिर्न, विवरण बुझाउन र अन्य प्रशासनिक सेवा लिन टाढा जानुपर्ने अवस्था सिर्जना हुने जनाएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरूले करदाता सेवा कार्यालय जिल्लामै रहनु आर्थिक गतिविधि प्रवर्द्धनका लागि अनिवार्य रहेको बताउँदै, सरकारको निर्णयले स्थानीय व्यापार–व्यवसाय कमजोर हुने चेतावनी दिएका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन् ।
धर्ना कार्यक्रममा विभिन्न व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश करदाता सेवा कार्यालय हटाउने निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य संघको धर्ना
करदाता सेवा कार्यालय हटाउने निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य संघको धर्ना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












