रौतहट ।। रौतहटको राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादवको पहलमा स्वास्थ्य सामाग्री बार्थिङ्ग सेन्टर तथा स्वास्थ्य चौकीहरुलाई हस्तान्त्ररण गर्नु भएको छ ।
एक कार्यक्रम विच नवनिर्मित आधारभुत अस्पतालमा नगर प्रमुख यादवले, प्रोटेकशन नेपालबाट प्राप्त स्वास्थ्य सामाग्रीहरु बार्थींङ्ग सेन्टर बसतपुर, मुडवलवा स्वास्थ्य चौकी, राजदेवी स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र सेढवालाई स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरेका हुन ।
नगपालिकाको स्वास्थ्य सेवामा गुणस्तरीय बनाउ उदेश्यले मातृ तथा शिशु स्वास्थ्य सुधार गर्ने औजाहरु उपयोगी हुने तथा सुरक्षित प्रसुति तथा स्वास्थ्य सेवा प्रवाहमा सहज गराउने नगरपालिका प्रतिवद्ध रहने नगर प्रमुख यादवले बताए ।
हामीले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित मातृत्व सेवा उपलब्ध गराउने उदेश्यले यस्तो अभियान अघि बढाएको बताउदै मयेर यादवले, नगरपालिका भित्रका स्वास्थ्य केन्द्रबाट महिलाले गुणस्तीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भने उदेश्यलाई परिपुर्ती गर्न निरन्तर प्रयासरत रहेको बताए ।
कार्यक्रममा हस्तान्त्रीत ३२ प्रकारको अत्व्यावश्यक औजारहरु तथा सामाग्रीहरुमा डेलीभेरी वेड, अक्सिजन कन्सेन्ट्रेटर, पोस्टनटेल केयर वेड, इन्स्टुमेण्ट ट्रली, ए.एन.सी एक्जामीनेशन टेवल, एस. एस. टे«, रुम हिटर, वाटर वायलर, थर्मस लगायतका सामाग्री रहेको स्वास्थ्य शाखा प्रमुख रामाकान्त प्रसाद यादवले जानकारी दिए ।
त्यस्तै नगर प्रमुख यादवले उक्त संस्थाबाट प्राप्त दलित तथा विपन्न परिवारको लागि प्राप्त खाने पानी फिल्टर वार्ड नं. ७ मुडवलवाका लालीगुरास आमा समुहलाई २० थान, हरिो आमा समुहलाई २७ थान र वार्ड नं. ६ राजदेवीमा श्रीशैलेश आमा समुहलाई २२ थान, साथै २५ ओटा आमा समुहलाई एक एक गरि २५ थान हाईजेनिक कीट हस्तान्त्ररण गरेका हुन ।
वितरण गरिएको सामाग्रीहरुबाट व्यतिगत सरसफाई देखि लिएर स्वच्छ खानेपानीको सेवाले विभिन्न प्रकारका रोगहरु लाग्नबाट बच्न सक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा वार्ड नं. ७ का वडा अध्यक्ष विजय शंकर प्रसाद यादव, वार्ड नं. ६का वडा अध्यक्ष शिवनाथ साह, स्वास्थ्य शाखा प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here