रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहको समर्थनमा स्थानीयहरुले प्रदर्शन गरेका छन ! गौर राइस मिलको जग्गाको बिषयमा प्रतिपक्षी राजनितिक दलका प्रतिनिधिहरुले बिरोध गरी रहदा नगर प्रमुखको पक्षमा पनि स्थानीयहरुले शनिवार प्रदर्शन गर्दै स्वतंत्र प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंहको पुतला जलाएका हुन !
गौर राइस आयल एण्ड फ्लोर मिल्स कम्पनी लिमिटेडको नाउमा दर्ता रहेको जग्गा मध्ये २ बिगहा १५ कट्ठा जग्गा गौर नगरपालिकालाइ खेलकूद मैदानको रुपमा प्रयोग गर्न निशुल्क रुपमा संचालक समितिले दिइरहेको बिषयलाइ लिएर गौरमा भैरहेको प्रदर्शनको सम्बन्धमाँ सांसद सिंहले सदनमा गौर नगरपालिकाको नगरप्रमुख साह माथि गरेको टिपण्णीको बिरुध्द स्थानीयहरु आक्रोशित भएर सांसद सिंहको पुतला दहन गरेका छन !
सयौको संख्यामा रहेका समर्थकहरुले सांसद सिंहको बिरुद्ध चर्को नारावाजी गर्दै घण्टाघर चौकमा आएर सांसद सिंहको पुतला जलाएका हुन ! नगर प्रमुख साह माथि लगाएको आरोपको प्रमाणित गर , सांसद पद बाट राजीनामा दे जस्ता नारा लगाएका थिए !
नगर प्रमुख साहले आफु माथि लगाएको आरोपको प्रमाणित गरेर देखाउन सांसद सिंहलाइ चुनौती समेत दिएका छन ! सांसद भवनमा भनेको कुरा प्रमाणित गरे राजनितिकबाट सन्यास लिने भन्दै नगर प्रमुख साहले आरोपित प्रमाणित गर्न नसके सांसद पद बाट राजीनामा दिनु पर्ने मांग समेत गरे !
गौरमा भई रहेको विकास निर्माणको कार्य देखेर विकास विरोधी तत्वहरु सल्बलाएको टिपण्णी गर्दै गौर राइस मिलको जग्गा अधिग्रहण गर्न चाहिने रकम व्यवस्था गर्न मांग समेत गरे ! बर्षौ देखि बिबादित रहेका गौर राइस मिलको जग्गा निशुल्क रुपमा कम्पनीका संचालकले दिन त्यार भएको बेला विपक्षीहरु अनावश्यक रुपमा अवरोध कड़ा गर्न लागेका टिपण्णी गर्दै जग्गा अधिग्रहणको लागि आवश्यक रहेको रकम संघीय सरकार र प्रदेश सरकारबाट व्यवस्था गराउन चुनौती दिएका छन !
नगर प्रमुख साहले भने सम्पूर्ण जग्गा गौर नगरपालिकाको नाउमा हुनु पर्छ तर लाग्ने पैसा प्रदेश सरकार र केंद्र सरकारले दिनु पर्छ ! बजेट व्यवस्थापनको तर्फमा पहल गर्नुको साटो विरोध गर्ने कार्यमाँ विपक्षीहरु अग्रसर भएको उल्लेख गर्दै विकासको कार्यमा सहकार्य नगर्ने विकास देखेर आतीने भनी कटाक्ष समेत गरेका छन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here