रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा शनिवार एक दिने निशुल्क मोतियाबिन्द शैल्यक्रिया सम्वन्धी आखा शिविर संपन्न भएको छ ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग र गौर नगरपालिका तथा गौर आखा अस्पताल पूरेनवा रौतहटको संयुक्त आयोजना मा गौर नगरपालिका कार्यालयको सभाहलमा सञ्चालन भएको निशुल्क आखा शिविरको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले उदघाटन गरेका थिए।
बृद्ध महिला पुरुष तथा बालबालिकाको आखामा देखिने मोतियाबिन्दको निशुल्क शैलक्रिया गराउने उदेश्यले आयोजना गरिएको शिविरमा ४५७ जनाले आखा परिक्षण गराएको छ । नेत्र अधिकृत शिव कुमार यादवको नेतृत्वको नेत्र चिकित्सकको टोलीले शिविरमा सहभागी भएकाहरुको आँखाको परिक्षण गरेको गौर आखा अस्पतालका सत्येन्द्र पाण्डेयले जानकारी दिएका छन।
चिक्तिसकहरुले पुरुष २४० ,महिला २१७ र ११ जना अपंगता भएका बालबालिकाको परिक्षण गर्दा ११६ जना शैल्यक्रिया को लागि छनौट भएको छ । छनौट भएकालाइ गौर आखा अस्पतालमा निशुल्क रुपमा ऑपरेशन गरिने अस्पतालका प्रसाशक नागेश्वर चौधरी बताएका छन ।शिविरमा १९५ जनालाइ आखामा लगाऊंनका लागि चश्मा तथा २१३ जनालाइ आखामा प्रयोग गर्नका लागि औषधि समेत बितरण गरिएको आयोजक गौर नगरपालिकाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here