रौतहट ।। रौतहटको माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले फेक अडियोमा आफ्नो नाम जोडेर समाचार प्रकाशन प्रशारण गरेको प्रती आपत्ति जनाएको छ ।
सामाजिक सञ्जालमा माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले  आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडियो फेक भएको दाबी गरेका छन्।
उनका अनुसार उक्त अडियोमा सुनिएको आवाज नगरपालिकाका कुनै पनि निर्वाचित जनप्रतिनिधि वा कर्मचारीको नभएको स्पष्ट छ। नगरपालिकाको बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा नक्कली आवाज सार्वजनिक गरिएको भन्दै उनले यस्तो कार्यप्रति कडा आपत्ति जनाएका छन्।
यादवले भ्रम फैलाउने उद्देश्यले गरिएको यस प्रकारको कार्य कानूनी अपराध भएको बताउँदै यसको विरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
        
            
		










