रौतहट ।। राैतहटकाे राजदेवी नगरपालिका अन्तर्गत रहेकाे एक विद्यालयकाे प्रधानाध्यापकले विद्यार्थीकाे शैक्षिक प्रगतिका लागि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छन् । श्री माध्यमिक विद्यालय ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे ।
मा वि ब्रह्मपुरीकाे कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रधानाध्यापक श्रीवास्तवले विगत २ शैक्षिक सत्रदेखि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे ।
विगतमा विद्यालयकाे SEE नतिजा अलि कमजाेर आएपछि SEE काे नतिजामा सुधार ल्याउने उद्देश्यले वहाँले साे कदम चालनु भएको हाे । आफूले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि पछिल्लो शैक्षिकसत्र २०८१ काे SEE काे नतिजामा उल्लेख्य सुधार भएकाे भन्दै वहाँले साे कक्षालाई यस वर्ष पनि निरन्तरता दिन लागेकाे बताउनु भयाे। यस विद्यालय चाैतर्फी विकासमा अहाेरात्र लाग्दै आउनु भएकाे प्रधानाध्यापक श्रीवास्तवकाे यस कार्यलाई अभिभावकहरूले सराहनीय कार्य भनेका हुन् । DIPENDRA SARITA SRIVASTAV CREATIVE LEARNING काे माध्यमले वहाले साे कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे । आफु यस विद्यालयमा कार्यरत रहुञ्जेल तथा सेवा निवृत्त भए पछि पनि आफ्नै लगानीमा अतिरिक्त कक्षालाई निरन्तरता दिइरहने वहाँले वताउनु भयाे । मा वि ब्रह्मपुरीका विद्यार्थीका लागि प्रधानाध्यापक श्रीवास्तवकाे आफ्नै लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्नुलाई शैक्षिक प्रगतिमा वहाँकाे दिर्घ साेच र पूर्ण तत्परतालाई उजागर गरेकाे हाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here