रौतहट ।। रौतहटको गढीमाई नगरपालिका वार्ड नं. ६ सिंगारवनमा रहेको आर्दश आधारभुत विद्यालयको व्यवस्थापन समिति सर्वसहमतीबाट चयन गरिएको छ ।
आज शुक्रवार भएको अभिभावक भेलाले स्थानीय गढीमाई नगरपालिका वार्ड नं. ६ सिंगारवन निवासी अर्विन्द यादवको अध्यक्षमा ५ सदसीय समिति सर्वसहमतिबाट चयन गरिएको हो ।
नवगठीत विद्यालय व्यवस्थापन समितिको सदस्यमा राजनारायण यादव (नथूनी), सतेलाल साह, रितु देवी पासवान र रैमल देवि रहेका छन् ।
गढीमाई नगरपालिका वार्ड नं. ६ का वाडा अध्यक्ष रामसिंहासन यादवको अध्यक्षतामा भएको अभिभावक भेलाले उक्त समिति सर्वसहमतीमा गठन गरिएको सदस्य राजनारायण यादवले संगम खवरलाई जानकारी गराएका हुन ।
भेलामा विद्यालयका प्रधानाध्यापक केदार यादव लगायत गाँउका भरभलादमी, अभिभावक तथा सर्वसधारणको बाक्लो उपस्थिति रहेको थियो ।
पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठन गर्ने पेचिलो बनिरहेको अवस्थामा वर्षौ देखि समिति विहिन रहेको यस आर्दश आधारभुत विद्यालय सिंगारवन धर्मपुरले गरेको सर्वसहमती समिति गठन गर्ने निर्णयले अन्य विद्यालयले पनि पाठ सिकने देखिन्छ ।
व्यवस्थापन समिति सर्वसहमतिमा गठन, अध्यक्षमा अर्विन्द यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












