रौतहट।। रौतहटको सदरमुकाम गौर स्थित आइबिए बिधालयको प्राङ्गणमा डान्स बेबी प्रतियोगिता कार्यक्रम आज शनिबार सम्पन्न भएको छ ।
आठौं डान्स बेबी प्रतियोगितामा प्रथम स्थानमा अन्न्या यादव,दोश्रो पुशपान्जलि राम र तेस्रो नैनसि कुश्वाहा भएका छन । उक्त प्रतियोगितामा बिशिस्ट अतिथि अनिस सिंहले पुरस्कार र सम्मान वितरण गरेका छन् । सो कार्यक्रम अभिभावक बिना कौशिकले बिधालयको उतरोतर प्रगतिको कामना ब्यक्ति गरेका छन् ।
कार्यक्रम खेलकुद सप्ताहको पुरस्कार वितरण नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष रबिन्द्र साहले गरेका थिए । उक्त कार्यक्रममा बिधालयले आगामी दिनमा शिक्षा संगै संगित खेलकुद, कलालाई पनि सगै लिएर जाने आइबिएका प्रधानाध्यापक सन्तोष पौडेलले बताए । कार्यक्रममा वर्ष २०८१ का उत्कृष्ट विद्यार्थीहरु प्रिन्सि साह, अनामिका साह, मोनिका साह, राजनन्दनि गिरि, सुमन्त यादव र गुड्डि साहलाई सम्मान गरिएको थियोे । कार्यक्रममा पत्रकार राकेश यादव, राजदेवि दैनिकका रामपुकार पटेल लगायत अभिभावकहरुको उपस्थित रहेको थियोे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here