रौतहट ।। प्रहरी संगठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दैै प्रहरी महानिरीक्षक कुवँरले नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिएका थिए । उनले समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको उद्धघाटनको अवसरमा प्रहरी महानिरीक्षक कुवँरले प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका थिए । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटकोे नवनिर्मित भवनको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुवँरले उद्घाटन गर्नु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको प्रांगणमा आयोजित विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुवँरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको आज सोमवार उद्घघाटन गरिएको हो । प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका संरचनाहरू निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।
मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी लालमणि आचार्यले नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो ।
रौतहट जिल्लामा अपराध न्यूनीकरणमा रौतहट प्रहरीले बिगतको तुलनामा समग्र अपराधको घटनामा ३०% ले कमि आएको महानिरीक्षक कुवँर समक्ष जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी गराएका थिए ।
प्रहरी उपरीक्षक घिमिरेले रौतहटमा गरिब पीडितलाई निःशुल्क निवेदन लेख्ने ब्यबस्था मिलाईएको ,नागरिकको सहयोग हुने हिसाबले नागरिक सहायता कक्ष,भिक्टिम रेस्पोन्स टिम देखि प्रहरी प्रमुख संग सिधा सम्पर्क गरि आफ्नो कुरा राख्न सहज हुने गरि बाताबरण मिलाईएको समेत बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।
समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउनु आवश्यक :- आईजीपी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।