रौतहट ।। रौतहटकै धरोहर गौरको मुटु मानिने बहुचर्चित गौर राइस मिल्सको जग्गा अन्ततः विक्री हुन लागेको गौर नगरपालिकाले नै जनाएको छ ।
गौर नगरपालिकका नगरप्रमुख शम्भु साहले मंगलवार पत्रकार सम्मेलन गर्दै, गौर नगरपालिका संग जोडिएर गौर राईस मिल्स सन्दर्भमा देखिएको विभिन्न समाचारहरु प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएर पत्रकार सम्मेलनको आयोजना गर्नुपरेको बताएका हुन् ।
गौर राईस मिल्सको जग्गा अधिग्रहण गर्न नगरपालिकाबाट ५ करोड रकम विनियोजन गर्यौं तर उक्त रकमले मात्रै अधिग्रहण गर्न सम्भव नहरेको हुादा अपुग रकम व्यवस्थापन गरी दिन पटक पटक संघ र प्रदेश सरकारलाई अनुरोध गर्दा तत्कालिन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट १५ करोड बजेट विनियोजन भएपनि कानुनी जटिलता र देशको आर्थिक संकटका कारण उक्त रकम नगरपालिकालाई प्राप्त हुन सकेनन् भएकोले आफुहरु सहमतीमा यस्तो निर्णय गरेको नगर प्रमुख साहले बताएका छन् ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख साहले राइस मिल्सको जग्गा अधिग्रहण गरी सार्वजनिक जग्गाको रुपमा नगरवासीलाई समर्पित गर्न गौर राईस मिल एण्ड फ्लोर कम्पनीका संचालक समितिबाट वार्ता गरी खेल मैदानको रुपमा प्रयोगमा रहने गरि २ विगहा १५ कत्ठा जग्गा निशुल्क गौर नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने नगरपालिकाको बोर्डबाट निर्णय गरेको स्पष्ट पारे ।
नगरप्रमुख साहले, नगरवासीलाई सम्बोधन गर्दै, सहमती अनुसार राईस मिलको जग्गा प्राप्त गरी सार्वजनिक जग्गाको रुपमा रुपान्तरण गर्दै नगरवासीहरुलाई हस्तान्तरण गर्न प्रक्रिया अगाडी बढिसकेको क्रममा सो जग्गा बचाउन कहिले पहल वा सक्रिय नदेखिएको केही तत्वहरुले विभिन्न भ्रम सृजना गरिरहेकोमा सो भ्रममा नपर्न नगरवासी समक्ष अपिल गरे ।
विना लगानीमा नगरपालिकालाई २ विगहा १५ कत्ठा जग्गा उपहार स्वरुप निशुल्क प्राप्त गर्न सफलता तर्फ अग्रसर रहेको अवस्थामा केही विकास विरोधी तत्वहरुले सकारात्मक कार्यको दुष्प्रचार गर्नुका साथै अदालतहरुको पटक पटकको फुकुवा गर्ने फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फुकुवा निर्णय र मालपोत विभागको रोक्का राखी राख्नु नपर्ने परिपत्रको आधारमा यस नगरपालिकाले सबै बल प्रयोग गरी कानुनको पालना नगरी मिलको जग्गा कब्जामा राखि राख्न सम्भव नदेखिएको हुँदा अन्ततः नगरपालिकाको कुनै आर्थिक दायित्व एवं रकम प्रयोग नगरी पूर्ण रुपमा निशुल्क नगरपालिकाको नाममा रजिष्ट्रेशन पारित हुन लागेको जग्गा प्राप्त गर्ने कार्यमा कुनै किसिमको बाधा व्यवधान उत्पन्न नगर्न नगरवासीलाई आग्रह गर्दै नगरप्रमुख साहले विकास विरोधी तत्वहरुबाट जति विरोध भएमा त्यसबाट हुनै प्रभाव नपर्ने तथा नगरवासीको हितमा सधै समर्पित रहने प्रतिबद्धता दोहोर्याए ।
नगरप्रमुख साहले, एक प्रश्नको जवाफमा, नगरवासीको माया र स्नेहबाट आफू नगरप्रमुखमा निर्वाचित भएको हुँदा नगरवासीको हितमा नै कदम उठाउने र विकास विरोधीहरु आफै तह लाग्दै जाने दाबी गरे ।
