काठमाडाैं ।। रूपन्देहीको बुटवलस्थित तिनाउ नदीमा बाढी उर्लिएपछि बाढी पूर्वानुमान महाशाखाले सतर्क रहनका लागि त्यस क्षेत्रका नागरिकलाई अनुरोध गरेको छ । आज बिहानै महाशाखाले सूचना जारी गर्दै बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको उल्लेख गरेको छ । कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने भएका कारण आज बिहान १० बजेसम्म सतर्क रहनका लागि महाशाखाले भनेको हो । हाल कास्की, लुम्ले र स्याङ्जास्थित मापन केन्द्रमा भारी बर्षामापन भएकाले र थप वर्षा हुने सम्भावना रहेकाले लमजुङ, पर्वत र आसपासको जिल्ला भएर बग्ने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने पनि महाशाखाले जनाएको छ ।
आजदेखि आगामी शुक्रबारसम्म देशभर ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो । ‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ । विभागका अनुसार भोलिेदेखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने जलसतह उल्लेख्य बढी र केही सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here