विरगञ्ज ।। पर्साको विरगञ्जमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो ।
अन्य संक्रमितमा अस्पतालका कर्मचारी, क्वारेन्टिनमा बसेकाहरु, कन्ट्याक्ट ट्रेसिङमा परेका र पेड पीसीआर गराएका व्यक्तिहरु छन् । साउन ७, ८,९ र १० गते स्वाब संकलन गराएको मध्ये २ महिला स्वास्थ्यकर्मी, ५ जना पुरूष स्वास्थ्यकर्मी, ९ जना आफै परीक्षण गराएका व्यक्ति र ३ जना सर्वसाधारण गरि १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here