एजेन्सी ।। बलिउड अभिनेत्री तथा मोडल पूनम पाण्डेले आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्ना प्रेमी स्याम बाम्बेसँग इन्गेजमेन्ट गरेक िछिन् । स्यामले इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्टको औंठी लगाएको तस्बिर शेयर गरेका टन् भने पूनमले उक्त तस्बिरमा प्रतिक्रिया दिएकी छिन् । स्यामले फोटो पोस्ट गर्दै लेखे, ‘अन्त्यमा हामीले यो गरेरै छोड्यौं ।’ यसमा पूनमले पनि प्रतिक्रिया दिँदै लेखिन्, ‘उत्कृष्ट अनुभव ।’

यो बाहेक उनीहरुले अन्य केही जानकारी दिएका छैनन् । तर औंठी देखेर उनीहरुका प्रशंसकले उनीहरुलाई इन्गेजमेन्टको बधाई दिइरहेका छन् । प्रशंसकले खुसी हुँदै उनीहरुको खुसी जीवनको कामना गरेका छन् ।
सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा प्रबेश गरेकी छिन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।