राैतहट ।। इंटरनेशनल बाल एकेडमी गौर ५ को आयोजनामा शनिवार बेबी डान्स प्रतियोगिता २०८० संपन्न भएको छ ! होली पर्वको अवसर पारेर विद्यालयले आयोजना गरेको प्रतियोगिताको उपाधि आदित्य साहले जितेका छन ! कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा उत्साह जागरूक हुने बताएका छन !
विद्यालयमा अध्यन गर्ने बालबालिकालाइ अध्यन बाहेक अन्य क्षेत्रको अनुभव र ज्ञान आवश्यक भएकोले जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयले पनि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु पर्ने जोड़ दिए ! निजी विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाइ नेपाली भाषा लेखनमा ध्यान दिनु पर्ने सुझाव दिदै अंग्रेजी माध्यमबाट अध्यन गर्ने बाल बालिकालाइ नेपाली लेखन कमजोर हुने गरेकोले प्रति दिन कम से कम ४ पेज नेपाली लेख्ने अभ्यास गर्नु पर्ने बताए !
प्रत्येक बर्ष आई बी ए इंग्लिश बोर्डिंग स्कुलले आयोजना गर्दै आएको बेबी डान्स प्रतियोगिता अंतर्गत यस बर्ष आयोजना गरिएको प्रतियोगिताको उपाधि जितेका साहलाइ शील्ड सहित नगद ३ हजार रुपैया पुरस्कार दिइएको प्रिंसिपल संतोष पौडेलले जानकारी दिएका ! प्रतियोगितामा पुष्पांजलि दोस्रो र गुड़ी कुमारी राम तेस्रो स्थान हासिल गरेका छन !
कार्यक्रममा आयोजना गरिएको विभिन्न खेल प्रतियोगिताका सफल प्रतिभागीहरुलाई मेडल प्रदान गरिएको पौडेलले जनाएको छ ! कार्यक्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेष गौर भन्सारका प्रमुख अमर लामा शिक्षक शिक्षिका सहित अभिभावकहरुको सहभगिता रहेको थियो !