राैतहट ।। रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो चरण अंतर्गत शनिवार भएको खेलमा माधव नारायण नगरपालिका र बृन्दाबन नगरपालिका विजयी भएको छ ! शनिवार भएको पहिलो खेलमा माधव नारायण नगरपालिका र दोस्रो खेलमा बृन्दाबन नगरपालिका जित हासिल गर्दै दोस्रो चरणको खेलमा प्रबेश गरेका हुन !
शनिवार बिहान भएको खेलमा पहिलो बल्लेबाजी गर्दै फतुवा बिजयपुर नगरपालिकाले २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ११८ रन को योगफल त्यार पारेको रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले जानकारी दिएको छ ! जितको लागि माधव नारायण नगर पालिकाले पाएको ११९ रनको विजय लक्ष्यको पूरा गर्न बल्लेबाजी गर्न उत्रेका माधव नारायण नगरपालिकाले ४ विकेटको क्षतिमा ११९ रन बनाउदै ६ विकेटले मैच जितेको छ !
शनिवार दिउँसो भएको खेलमा परोहा नगरपालिकालाइ हराउँदै बृन्दाबन नगरपालिकाले ४ विकेटले मैच जितेको छ ! टस पछि पहिलो बल्लेबाजी गरेका परोहा नगरपालिकाले ९ बिकटको क्षतिमा १०८ रनको स्कोर खड़ा गरेको थियो ! समीम अख्तरले ३४ तथा एमडी अजमलले २६ रन बनाएका थिए ! बृन्दाबन नगरपालिकाले जितको लागि पाएको १०९ रनको लक्ष्य पूरा गर्न बल्लेबाजी गर्न उत्रेका बृन्दाबन नगरपालिकाले ६ विकेटको क्षतिमा ११९ रन बनाएर मैच जितेका छन ! रौतहटको रामपुरखापमा गोली प्रहार तीन जना लुटेरा पक्राउ पूजा पाठक रौतहट २ चैत्र रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ९ रामपुर खापमा शुक्रवार दिउँसो गोली प्रहार भएको छ !
भारतीय सीमाक्षेत्रबाट हथियार सहित नेपाल प्रबेश गरेका तीन जनाको समूहले गोली प्रहार गरेका हुन ! आपराधिक समूहले शिबम मनीट्रांस्फरमा प्रबेश गरी संचालक नितेश कुमार साह माथि गोली प्रहार गरी गंभीर रुपमा घाइते बनाएको छ ! गोली प्रहार गर्ने समूहका तीन जना भारतीय नागरिकलाइ स्थानीयले नियंत्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ! आई एम् ई मा लूटपाट गर्नको लागि प्रबेश गरेका समूहले मणि ट्रान्सफरमा रहेको रकम लिएर भागन खोज्दा प्रतिकार गर्ने क्रममा संचालक साह माथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला निवासी मानिस यादव , राजन कुमार पासवान र चन्द्रभान सिंह रहेको प्रहरीले जनाएको छ ! लुटेराहरुबाट २ थान हथियार र गोली समेत बरामद भएको छ ! घटना पछि सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको सम्वन्धमा थप अनुसन्धान भई रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन ! खुल्ला सिमाना भएको र सिमानाका सञ्चालन गरिएको रक्सी पसलको कारण यस्तो घटना घटेको छ ! भारतीय सिमानामा भारतीय सिमा सुरक्षा बलको टोली तथा नेपालमा सशस्त्र प्रहरी बलको टोलीको गस्ती हुदा दुदै पनि भारतीय हथियारधारी समूह नेपालमा गोली प्रहार गरेकोले सुरक्षामा चूक भएको स्थानीयहरुको भनाइ रहेको छ !
पालिका कपमा कटहरिया र गुजरा नगरपालिका विजयी पूजा पाठक २ चैत्र रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा शुक्रवार भएको खेलमा कटहरिया नगरपालिका र गुजरा नगरपालिका बिजयी भएको छ ! बिहान भएको खेलमा टस जितेर बल्लेबाजी गरेका कटहरिया नगरपालिकाले निर्धारित २० ओभरमा १० बिकेटको क्षतिमा १४४ रनको स्कोर खड़ा गरेका थिए ! कटहरियाको लागि बिराट यादव ५० रन , सत्येन्द्र यादव ४७ रन बनाएको थियो ! बॉलिंग तर्फमा इमरान आलम ३ रेयाज आलम २ र बैश राजा २ विकेट लिन सफल भएको आयोजक सस्था रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ! जितको लागि राजपुर नगरपालिकाले पाएको १४५ रनको विजयी लक्ष्य पूरा गर्न बल्लेबाजी गर्न आएका राजपुरले ११ ओभरमा १० बिकेट गुमाउदै ५५ रन बनाएर ८९ रनले मैच हारेको छ !
दिउँसो भएको खेलमा मौलापुर नगरपालिकालाइ १ बिकेटले पराजित गर्दै गुजरा नगरपालिका बिजयी भएको छ ! पहिलो बल्लेबाजी गरेका मौलापुरले ख़राब प्रदर्शन गर्दै १७ ओभरमा १० बिकेटको क्षतिमा 75 रनको सामान्य स्कोर बनाएको छ ! मौलापुरको लागि रोहित ठाकुरले १५ र रूपलाल यादवले १२ रन बनाउन सकेका थिए ! ७६ रनको बिजयी लक्ष्य पाएका गुजरा नगरपालिकाले ११ ओभर २ गेन्दमा ९ विकेटको क्षतिमा ७६ रन बनाएर मैच जितेका छन