रौतहट ।। मधेशको मध्य भागमा बोलीने तथा प्रदेशकै तेश्रो भाषाको रुपमा रहेको बज्जिका भाषाको विकास र प्रवद्र्धनको लागि एउटा अदभुत संस्थाको स्थापना भएको छ ।
रौतहटको जिल्लाको मध्य भागमा रहेको माधवनारायण नगरपालिका वार्ड नं. ५ बज्जिका नगर मिठुअवा निवासी नितीश गुप्ताले आफ्नो माता पिताले बज्जिका भाषामा गरेको योग्दानलाई निरंतरता र बज्जिका भाषाको समग्र विकासको लागि पुरौ परिवारकै सहभागितामा अनिता शिव प्रतिष्ठान रौतहट स्थापन गरेको हो ।
पिता पुर्व प्रधानाध्यापक बज्जिका भाषा अभियानी शिवचन्द्र साह र माता अनिता देवीको बज्जिका भाषामा गरेको योग्दानलाई सम्मन स्वरुप सम्र्पुण परिवार नै बज्जिका भाषाको विकासमा आफ्नो योग्दान गर्ने उदेश्यका साथ उक्त प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष नितिश गुप्ताले जानकारी दिए ।
बज्जिका भाषाको साहित्य, कला संस्कृति सरंक्षणमा सहयोग गर्ने उदेश्यले, बज्जिका भाषाको उत्कृष्ट साहित्यलाई पुरस्कार र साहित्यकारलाई सम्मान गरिने, बज्जिका, नेपाली, हिन्दी चाहे अंग्रेजी भाषामा प्रकाशित बज्जिका भाषा, साहित्य र संस्कृतिको गहन अनुसन्धान तथा समालोचनात्मक कृतिको पुरस्कृत तथा अनुसन्धानकर्मीलाई सम्मानित गर्ने, बज्जिका भाषामा पत्रकारीता मार्फत दिने योगदानको सम्मान गर्दै पत्रिकालाई पुरस्कृत गर्ने, बालसाहित्य मार्फत बालबालिकाको प्रोत्साहन गर्ने लगायतको उदेश्यहरु राखेर प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष गप्ताले बताए ।
प्रतिष्ठानले अनिता अन्तराष्ट्रिय बज्जिका वाङमय पुरस्कारको स्थापना समेत गरिएको छ । पुरस्कारको राशि वार्षिक २५ हजार राखिएको संस्थाले जनाएको छ ।
सनिवार भएको अनिता शिव प्रतिष्ठानको घोषणा समारोहमा पुर्व सिडियो रामविलास यादव, शिवचन्द्र साह, रामचन्द्र कुशवाहा, संजाय साह मित्र, किशुनदयाल यादव किसुन, संजय सुदामा, विपिन विहारी सिंह, विनदा सहनी, श्याम सहिनी चन्द्रान्सु, दिनेश संगम लगायतको बज्जिका भाषा तथा भाषा अभियानीहरुको बाकलो उपस्थिति रहेकोे थियो ।
माधवनारायण नपा वार्ड नं. ५ मिठुअवामा भएको घोषणा समारोह सम्मपन्न भएको हो । घोषित प्रतिष्ठानको उपाध्यमा सतिस गुप्ता, सरोज साह, महासचिवमा अनामिका गुप्ता, कोषाध्यक्षमा मनिष गुप्ता, सदस्यहरुमा अखिलेश गुप्ता, राकेश गुप्ता, मनिषा गुप्ता, रीता साह, रीमा साह, ज्योती साह र अरबिन्द साह रहेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश अनिता शिव अन्तराष्ट्रिय बज्जिका वाङमय पुरस्कारको घोषणा, भाषाको प्रवर्द्धनकाे लागि...
अनिता शिव अन्तराष्ट्रिय बज्जिका वाङमय पुरस्कारको घोषणा, भाषाको प्रवर्द्धनकाे लागि अनिता शिव प्रतिष्ठान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।