काठमाडाैं ।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदी भारतमा हुने लोकसभाको चुनावअघि नेपाल भ्रमणमा आउने भएका हुन् । यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्ममा मोदी नेपाल भ्रमणमा आउनेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतले मोदी नेपाल भ्रमणमा आउन लागेको बताएको छ । ‘मोदी नेपाल भ्रमणमा आउने कुरा छ । तर, कहिले आउने भन्ने समय तय भइसकेको छैन,’ परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले भन्यो ।
मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुनेछ । मोदीले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । भारतमा आगामी मे महिनामा लोकसभाको निर्वाचन हुँदै छ । पशुपतिनाथ मन्दिरको दर्शन गरेर चुनावी अभियान सुरु गर्ने उद्देश्यसहित मोदीको भ्रमण हुन लागेको बताइन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।