रौतहट ।। रौतहटको मत्सरी दुर्गा मन्दिर र राजदेवी मन्दिरमा अहिले मेलाको रौनक छाएको छ । बडादसैँका बेला मेलाका लागि प्रख्यात रौतहट जिल्लाको दुर्गा भग्वती गाउँपालिकामा अवस्थित रहेका ऐतिहासिक र धार्मिक महत्व बोकेका दुर्गा मन्दिर र जिल्लाको राजेदेवी नगरपालिका स्थित राजदेवी मन्दिरमा लागेको मेलाले अहिले सबैलाई आकर्षित पारेको छ ।
मन्दिरमा हरेक वर्ष बडादसैँको सप्तमी देखी मेलामा दैनिक हजारौँ दर्शनार्थी आएर मेलाको दर्शन गर्नाका साथै सहभागिता जनाउने गरेको स्थानीयले बताए ।
राजदेवी मन्दिर परिसरमा श्रद्धालु भक्तजनले चढाएका घन्टहरूमध्ये विसं १९०२ असोज २६ गते तत्कालीन लेफ्टिनेन्ट मानध्वज कार्कीले चढाउनुभएको घन्ट अझै पनि छ । गौरदेखि करिब तीन किलोमिटरपूर्व बागमती नदीको छेउमा रहेको राजदेवी मन्दिर मल्लकालीन राजा प्रताप मल्लले सन् १६४९ मा स्थापना गरेको अभिलेख पाईन्छ । नवरात्रभर राजदेवी मन्दिर परिसरमा मेला नै लाग्ने गरेको स्थानियहरुले बताए ।
मत्सरी भगवती मन्दिर एक सय वर्ष पुरानो मानिन्छ । मन्दिरमा नवरात्रिभर स्थानीय तथा भारतीय भक्तजनको भिड लागनेको छ। यस मन्दिरमा नवरात्रभर भक्तजनहरुको घुइँचो लाग्ने भएकाले शान्ति–सुरक्षामा प्रहरीले ध्यान दिएको इलाका प्रहरी कार्यालय गंगा पिपराका एक प्रहरीले बताए । नवरात्रिको पहिलो दिन र सप्तमीको राति मन्दिरमा निशा पूजा गरिन्छ । त्यस दिन भक्तजनहरुको बढी घुइँचो लागेको थियो ।
गाउँपालिकाले मत्सरी दुर्गा मन्दिर र पिपरा दुर्गा मन्दिरमा QR स्क्यानर जडान गरेको हो। QR स्क्यानरमार्फत भक्तजनहरूले मन्दिरको उत्पत्ति, ऐतिहासिक महत्व र धार्मिक पृष्ठभूमि विश्वका १० भाषामा जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
जिल्लाका विभिन्न स्थानमा दुर्गा पुजा समितिले देवी दुर्गाको मुर्ति स्थापना गरी विधिवत रुपमा पुजापाठ गर्दै आएका छन् । अहिले जिल्लाका शहरी तथा ग्रामिण भेगमा चहलपहल बढेको छ ।
रौतहटको मत्सरी दुर्गा मन्दिर र राजदेवी मन्दिरमा मेलाको रौनक
दुर्गा भगवती गाउँपालिकामा मन्दिरको इतिहास बुझ्न QR स्क्यानर सुविधा
रौतहट ।। दुर्गा भगवती गाउँपालिकाभित्र रहेका ऐतिहासिक र धार्मिक महत्व बोकेका दुर्गा मन्दिरहरूमा अब भक्तजनहरूले आधुनिक प्रविधि प्रयोग गर्दै सजिलै इतिहास बुझ्न सक्ने भएका छन्।
गाउँपालिकाले मत्सरी दुर्गा मन्दिर र पिपरा दुर्गा मन्दिरमा QR स्क्यानर जडान गरेको हो। QR स्क्यानरमार्फत भक्तजनहरूले मन्दिरको उत्पत्ति, ऐतिहासिक महत्व र धार्मिक पृष्ठभूमि विश्वका १० भाषामा जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले औपचारिक रूपमा पुजा समितिका अध्यक्षलाई QR स्क्यानर हस्तान्तरण गर्दै उक्त सुविधा शुभारम्भ गरेका हुन्। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिला देवी, वडा अध्यक्षहरू धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, सुरेश चौधरी, समाजसेवी छाेटन सिंह, जिंसी शाखा प्रमुख सन्दीप दास, पुजा समितिका अध्यक्ष द्वय तथा स्थानीय भद्रभलाद्मीको उपस्थिति रहेको थियो।
गाउँपालिकाले प्रविधिमैत्री पहलमार्फत धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको छ। QR कोड स्क्यान गर्नेबित्तिकै मन्दिरसँग सम्बन्धित सम्पूर्ण विवरण सजिलै पढ्न र बुझ्न सकिने भएकाले यसले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष डिके झाले भक्तजनलाई मन्दिरको इतिहास बुझ्न अझ सहज हुने विश्वास व्यक्त गर्दै भने, “अब दर्शनसँगै मन्दिरको सम्पूर्ण जानकारी तत्काल प्राप्त गर्न सकिने भएको छ, जसले भक्तजन र पर्यटकलाई थप सुविधा पुर्याउनेछ।”
यो प्रविधिले मन्दिरमा आउने देश–विदेशका भक्तजनलाई सहजता दिने मात्र नभई, धार्मिक स्थलप्रति नयाँ पुस्ताको चासो बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ।

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ
काठमाडौं ।। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलले शपथ लिएका छन्। शपथ समारोहमा सभामुखसहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत सहभागी छन्। राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा चारै जनालाई आइतबार नियुक्त गरेका हुन् ।
जेन जेड पुस्ताको आवाज” अन्तरिम सरकारले गर्नुपर्ने ५ मुख्य काम र संविधान संशोधन
काठमाडौं ।। हालको अस्थिर राजनीतिक अवस्थाबीच देशमा ‘अन्तरिम सरकार’ गठनको माग पुनः चर्किएको छ। जेन जेड पुस्तादेखि सामाजिक आन्दोलनमा सक्रिय युवा समूहहरूले देशको समसामयिक राजनीतिक विकृति समाधानका लागि अन्तरिम सरकारमार्फत ठोस सुधारको एजेन्डा अघि सारेका छन्।
उनीहरूले अन्तरिम सरकारका लागि तत्कालीन प्राथमिकता निर्धारण गर्दै पाँच मुख्य कार्य र ११ बुँदे संविधान संशोधन प्रस्ताव सार्वजनिक गरेका छन्। यस्ता प्रस्तावहरू राजनीतिक, प्रशासनिक र संवैधानिक सुधारतर्फ संकेत गर्छन्।
उनीहरूले उठाएका पाँच प्रमुख मागहरूमा १५ सदस्यभन्दा सानो मन्त्रीमण्डलको व्यवस्था, वर्तमान प्रदेश सभाहरूको खारेजी, विगतमा गरिएका सबै राजनीतिक नियुक्तिहरूको खारेज, २०४६ साल यताका सम्पूर्ण भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन, र संविधान संशोधन प्रक्रिया तत्काल सुरु गरिनुपर्ने माग समावेश छन्।
संविधान संशोधनका लागि प्रस्तुत ११ बुँदामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, प्रदेशको खारेजी, स्थानीय तहहरूलाई गैर–दलीय बनाउने, ‘राइट टु रिकल’ को व्यवस्था सहित गैर–दलीय रिकॉल परिषद गठन, सबै नियुक्तिहरू लोकसेवा आयोगमार्फत गर्ने, सांसदलाई मन्त्री बन्न निषेध गर्ने, राष्ट्रपतिदेखि संवैधानिक निकाय प्रमुखसम्मलाई दुई कार्यकालमा सीमित गर्ने, राष्ट्रिय सभा खारेज गर्ने, जातीय तथा साम्प्रदायिक कोटा प्रणाली अन्त्य गर्ने, समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने, र माथिका बुँदासँग बाझिएका सबै संवैधानिक प्रावधान संशोधन वा खारेज गर्ने समावेश छन्।
युवापुस्ता, विशेषगरी जेन जेड पुस्ताको नेतृत्वमा अघि सारिएको यो प्रस्तावले देशको राजनीतिक दिशालाई नयाँ मोड दिन सक्ने विश्लेषकहरूको ठम्याइ छ। उनीहरूका अनुसार, यो प्रस्ताव केवल असन्तुष्टिको अभिव्यक्ति नभई, व्यवस्थित सुधारको खाका हो।
राजनीतिक विश्लेषक डा. रमेश भट्टराईका अनुसार, “देश अब पुरानै लयमा चल्न सक्दैन। नयाँ पुस्ताले उठाएका यस्ता मागहरूलाई गम्भीरतापूर्वक लिइएन भने आगामी आन्दोलन अझ व्यापक हुन सक्छ।”
देश राजनीतिक दिशाहीनताको अवस्थामा छ। जनता निराश छन्, युवा आक्रोशित छन्। यस्तो अवस्थामा अन्तरिम सरकार र संविधान संशोधनको माग केवल नारा होइन, संरचनात्मक परिवर्तनको आह्वान हो। अब प्रश्न उठ्छ — के वर्तमान राजनीतिक नेतृत्व यो सन्देश बुझ्न तयार छ?
जेनजी आन्दोलनका घाइतेलाई भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा
काठमाडाै ।। प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो । दुवै अस्पतालमा भएका भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको आज ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको हो । चार सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी
काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपति पौडेलले हिजो दिनभर र मध्यरातसम्मै बिभिन्न राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभयो ।
उहाँले प्रधानसेनापति अशोकराज सिग्देल, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु तथा संविधानविदहरुसँग टेलिफोन संवाद तथा शितल निवासमै भेटेर छलफल गर्नुभएको हो । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच राति अबेरसम्म छलफल भएको थियो ।
संवादबाट समाधान खोज्न प्रधानमन्त्रीकाे आग्रह, सर्वदलीय बैठक आह्वान
काठमाडौँ ।। प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भन्नुुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिए
काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिएका छन् । जेन-जी पुस्ताको आन्दोलन चर्किँदै गएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् । मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले केहीबेरमा विज्ञप्ति सार्वजनिक गर्नेछन् । यसअघि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिइसकेका छन् ।
मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै
जनकपुर ।। मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिन लागेका छन् । सो पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्रीले राजीनामा दिन लागेको बताए ।
केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको छ ।
यादवले आजै बसेको पार्टीको बैठकबाट अध्यक्ष सीके राउतले पदबाट राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए ।
काठमाडौँको कलङ्कीमा गोली चल्यो, चारजना घाइते
काठमाडौँ ।। काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।