रौतहट ।। करदाता सेवा कार्यालय हटाउने सरकारी निर्णयको विरोधमा आजदेखि रौतहट उद्योग वाणिज्य संघले गौरस्थित करदाता सेवा कार्यालयको मूल गेटमै धर्ना कार्यक्रम सुरु गरेको छ ।
संघले करदाता सेवा कार्यालय हटाइएमा जिल्लाका उद्योगी, व्यवसायी तथा सर्वसाधारण करदातालाई ठूलो समस्या पर्ने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । धर्नामा सहभागी उद्योगी तथा व्यवसायीहरूले कर तिर्न, विवरण बुझाउन र अन्य प्रशासनिक सेवा लिन टाढा जानुपर्ने अवस्था सिर्जना हुने जनाएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरूले करदाता सेवा कार्यालय जिल्लामै रहनु आर्थिक गतिविधि प्रवर्द्धनका लागि अनिवार्य रहेको बताउँदै, सरकारको निर्णयले स्थानीय व्यापार–व्यवसाय कमजोर हुने चेतावनी दिएका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन् ।
धर्ना कार्यक्रममा विभिन्न व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।
करदाता सेवा कार्यालय हटाउने निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य संघको धर्ना
रौतहटको ज्योती डिस्टिलरीमा बोइलर विस्फोट, एकको मृत्यु
रौतहट ।। ज्योती डिस्टिलरीमा बोइलर विस्फोट, एकको मृत्यु, सात जना घाइते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया स्थित ज्योती डिस्टिलरी प्रा.लि.मा रहेको बोइलर मेसिन आज बिहान अचानक विस्फोट हुँदा एक जना कामदारको घटना स्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बोइलर पड्किएको भन्ने खबर बिहान करिब ९:०० बजेको समयमा इलाका प्रहरी कार्यालय कटहरियामा प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटना स्थल तर्फ खटिएको थियो । इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ । विस्फोटका कारण डिस्टिलरीभित्र रहेको भौतिक संरचनामा पूर्णरूपमा क्षति पुगेको छ । उक्त उद्योग इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब ६ किलोमिटर दूरीमा रहेको छ । प्रहरीका अनुसार, घटनामा डिस्टिलरीमा काम गर्ने कटहरिया नगरपालिका वडा नं. ८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटना स्थलमै मृत्यु भएको हो । उनकाे शव घटना स्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ ।
घाइते हुनेहरूमा सोही डिस्टिलरीमा काम गर्ने कटहरिया नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षका रहमोद आलम, ३५ वर्षका प्रमजित यादव, ५१ वर्षका जगदिश यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर), ५५ वर्षका बिगन यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर), ४० वर्षका कैलाश माली (मध्यम अवस्था) तथा गरुडा नगरपालिका वडा नं. ५ महमदपुर निवासी ४० वर्षका मुकेश यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर) रहेका छन् ।
घटनापछि उद्योग परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बोइलर विस्फोटको कारण, उद्योगले अपनाएको सुरक्षा मापदण्ड, मेसिनको प्राविधिक अवस्था तथा लापरबाही भए नभएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ ।
चिनि मिलकाे सिन्डिकेट खारेज गर्न रौतहटका किसानको माग, ४८ घण्टे अल्टिमेटम
रौतहट।। रौतहट जिल्लाका उखु किसानहरूले उद्योगबाट समयमै उखु खरिद नहुनु र भुक्तानीमा चरम ढिलासुस्ती भइरहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । आफ्ना जायज मागहरू सम्बोधन गर्न आग्रह गर्दै किसानहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।किसानहरूले अन्तरजिल्ला उखु ढुवानीमा लगाइएको कथित सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै कडा आपत्ति जनाएका छन् । उनीहरूका अनुसार हालै बाबा बैजुनाथ चिनी उद्योगको नाममा गरिएको सम्झौताले रौतहटका किसानलाई अन्य जिल्लाका चिनी उद्योगमा उखु लैजान रोक लगाइएको छ, जसले किसानहरूलाई थप पीडित बनाएको छ ।
किसानहरूको भनाइ अनुसार विगतका वर्षहरूमा रौतहटका किसानहरूले आफ्नो उखु बारा जिल्लाको रिलायन्स सुगर मिल, सर्लाहीको इन्दु शंकर चिनी उद्योग तथा महोत्तरीको एभरेष्ट सुगर मिल जस्ता उद्योगहरूमा उप–केन्द्र (काँटा) मार्फत सहज रूपमा बिक्री गर्दै आएका थिए। तर यस वर्ष अघोषित सिन्डिकेट लागू गरिँदा किसानलाई अन्य जिल्लाका उद्योगमा उखु लैजान स्थानीय प्रशासन र केही स्वार्थ समूहले अवरोध गरिरहेको गुनासो गरिएको छ ।
किसानहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई पायक पर्ने र समयमै भुक्तानी दिने उद्योग छनोट गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको उल्लेख गर्दै हालको व्यवस्थाले ढुवानीमा सास्ती, आर्थिक शोषण र खेतमै उखु सुक्ने अवस्था सिर्जना गरेको बताएका छन् ।
ज्ञापन पत्रमा अन्तरजिल्ला उखु ढुवानीमा लगाइएको रोक तत्काल हटाउन, सरकारले घोषणा गरेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानमध्ये बाँकी रहेको ३५ रुपैयाँ रकम अविलम्ब किसानको बैंक खातामा जम्मा गर्न माग गरिएको छ । उक्त अनुदान रकम विगत लामो समयदेखि रौतहटका हजारौं किसानले नपाएको किसानहरूको भनाइ छ ।
त्यसैगरी स्थानीय चिनी उद्योगहरूले समयमै तौल र चलानी (पुर्जी) वितरण नगर्दा किसान थप मारमा परेको भन्दै कुनै पनि दबाब वा प्रभाव बिना सहज रूपमा उखु तौल गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कममा उखु खरिद गर्ने वा विभिन्न बहानामा रकम कट्टा गर्ने उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि किसानहरूले गरेका छन् ।
पसिना बगाएर उत्पादन गरेका किसानलाई सडकमा आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, ज्ञापन पत्रमा उल्लेख गरिएको छ, कृषि प्रधान देशको गरिमा जोगाउन किसानको पेशागत सुरक्षा र सम्मानको ग्यारेन्टी गरिनुपर्छ ।
किसानहरूले प्रशासनले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक लिई तत्काल समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरेका छन् । तर ४८ घण्टाभित्र माग सम्बोधन नभए र बेवास्ता गरिएमा रौतहटभरिका किसानहरू कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
रौतहट किसान संघर्ष समितिका अध्यक्ष रकेश यादवद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेश, जिल्ला समन्वय समिति रौतहट तथा उखु उत्पादक किसान संघलाई बोधार्थ पठाइएको छ ।
किसानहरूले समयमै समस्या समाधान नभए जिल्लाभर आन्दोलन चर्काउने चेतावनी दिँदै सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
Iqra Educational and Association Development
Serving Humanity with Faith, Dignity, and Responsibility in Nepal
In many underserved regions of Nepal, access to basic necessities such as clean water, food, education, and safe shelter remains a daily struggle. For families living on the margins, survival often depends on resilience rather than resources. It is within this reality that Iqra Educational and Association Development has been working quietly and consistently—placing people before publicity and service before recognition.
Iqra Educational and Association Development is a non-profit welfare organization dedicated to humanitarian relief and community development across Nepal. Rooted in compassion, faith-based values, and social responsibility, the organization focuses on long-term impact rather than short-term visibility. Its work spans essential sectors such as water access, food security, housing, education, livelihood support, and emergency relief.
What distinguishes Iqra is its grassroots approach. Each project begins with listening—understanding local needs, cultural sensitivities, and practical challenges—before any action is taken. This people-centered philosophy ensures that support is meaningful, respectful, and sustainable.
Below is an overview of the organization’s key humanitarian initiatives.
Safe Water for Poor Families
Access to clean drinking water remains a serious challenge in many rural and low-income communities of Nepal. Families are often forced to rely on unsafe water sources, exposing children and adults to waterborne diseases and long-term health risks.
Iqra Educational and Association Development addresses this urgent need by implementing safe water projects in underserved areas. These initiatives aim to provide reliable and clean water sources close to homes, reducing health risks and easing the daily burden on women and children who traditionally collect water.
Each water project is planned with community involvement to ensure sustainability and long-term maintenance. For many families, access to clean water has resulted in improved health, better school attendance for children, and a significant improvement in overall quality of life.

(Safe Water project for Poor Families.)
Relief for the Afflicted
Natural disasters, medical emergencies, and sudden economic hardships frequently disrupt lives in Nepal. For vulnerable families, such crises can push them into extreme distress.
Iqra Educational and Association Development responds through its relief initiatives, providing timely and respectful assistance to affected families. Support is tailored to immediate needs and may include food supplies, essential household items, clothing, or emergency aid.
The organization prioritizes dignity in relief distribution, ensuring that assistance reaches those most in need without stigma or public exposure. Through these efforts, Iqra stands with families during their most difficult moments, offering reassurance and practical support.

(Relief Projects for the Afflicted People.)
Building a House for Homeless People
For families without permanent shelter, life is marked by insecurity and constant uncertainty. Children struggle to study, illnesses spread more easily, and basic privacy is absent.
Iqra’s housing initiative focuses on constructing simple, durable homes for homeless and extremely poor families. Priority is given to widows, orphans, elderly individuals, and families affected by disasters.
These homes provide more than shelter—they restore stability, safety, and dignity. Families gain a foundation upon which they can rebuild their lives and plan for the future.

(Building a House for (Building a House for Homeless People.)
Building Mosques and Schools
Mosques and schools play a central role in strengthening communities. In many underserved areas, however, access to proper places of worship and education is limited.
Iqra Educational and Association Development supports the construction of modest mosques that serve as centers for prayer, learning, and community guidance. Alongside this, the organization builds and supports schools that provide accessible education for children from disadvantaged backgrounds.
These institutions help nurture faith, knowledge, and ethical values, contributing to stronger and more united communities.

(Building Mosques and Schools.)
Sponsorship (Kefalah)
The Sponsorship (Kefalah) program provides long-term support to orphans, vulnerable children, widows, and families with no stable income. Unlike one-time assistance, this program emphasizes continuity and responsibility.
Support may include educational expenses, basic living needs, healthcare assistance, and seasonal support. The program helps beneficiaries maintain stability, continue education, and regain confidence in their future.

(Sponsorship (Kefalah).)
Providing Food for the Poor and Needy
Food insecurity remains a persistent challenge for many families in Nepal. Iqra’s food distribution initiatives ensure that poor and needy families receive essential food supplies during times of hardship, emergencies, and critical seasons.
Food assistance helps stabilize families, allowing parents to focus on their children’s well-being and reducing the stress of daily survival.

(Providing Food for the Poor and Needy.)
Feeding the Children
Childhood hunger has long-term consequences on health, learning, and emotional development. Iqra’s child-feeding initiatives focus on ensuring that vulnerable children receive regular nutritional support.
By addressing hunger at an early stage, the organization contributes to better health outcomes, improved school attendance, and brighter futures for children.

(Feeding the Children.)
Qur’an Distribution
Access to religious resources remains limited for many poor Muslim families. Iqra’s Qur’an distribution initiative ensures that children, families, and learning centers have access to the Holy Qur’an.
This initiative supports spiritual growth, moral education, and a deeper connection with faith, particularly among marginalized communities.

(Project photographs can be placed here.)
Qurbani (Sacrificial Animals)
During Eid al-Adha, Iqra Educational And Association Development carries out Qurbani distributions to ensure that poor families can share in the joy of the occasion.
Meat is distributed responsibly and respectfully to needy families, orphans, widows, and the elderly, reinforcing values of compassion and community solidarity.

( Qurbani (Sacrificial Animals.)
Distribution of Sewing and Embroidery Machines for Orphans
To promote self-reliance, the organization distributes sewing and embroidery machines to orphaned girls, widows, and vulnerable women.
This initiative enables beneficiaries to generate income, support their families, and regain independence with dignity.

(Distribution of Sewing and Embroidery Machines for Orphans.)
Big Water Wells with Water Generators for Farmers
In farming communities affected by water scarcity, Iqra constructs large water wells equipped with water generators to support irrigation.
These projects help improve agricultural productivity, stabilize incomes, and strengthen food security, benefiting entire communities.

( Big Water Wells with Water Generators for Farmers.)
Winterization Support
Harsh winters pose serious risks to poor families, particularly in cold and mountainous regions. Iqra’s winterization support includes distributing warm blankets, clothing, and essential items to protect vulnerable individuals from extreme cold.
This seasonal assistance helps prevent illness and preserves dignity during the most challenging months of the year.

(Winterization Support.)
Conclusion
Iqra Educational and Association Development is defined by quiet consistency rather than public recognition. Through its diverse humanitarian initiatives, the organization continues to serve vulnerable communities with sincerity, responsibility, and respect.
By addressing both immediate needs and long-term development, Iqra builds trust, resilience, and hope—contributing meaningfully to a more dignified and secure future for those who need it most.
ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्
काठमाडौँ ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन् । हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दैल ओलीले स्वयमसेवक भएर खटिएकानजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो ।
उनले देशका केही चर्चित भनिएका मान्छेहरू भने नशामा भेटिने टिप्पणी गरे ।
‘यसपटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर-पर गन्हाउँछ थाह भइहाल्छ। खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनुहुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नुभए म खुसी हुन्छु ।’
राष्ट्रिय मुक्ति पार्टी नेपाल रौतहट जिल्लाको अध्यक्षमा बिवेक कुमार साह
रौतहट ।। राष्ट्रिय मुक्ति पार्टी नेपाल रौतहट जिल्लाको अध्यक्षमा बिवेक कुमार साहलाई चयन गरिएको छ ।
रौतहटको गौरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष र पुर्व उप-प्रधानमन्त्री राजेन्द्र मह्तोले रौतहट अध्यक्षमा साहलाई अबिर माला लगाइ घोषणा गरेको हो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष र पुर्व प्रदेश सभा मन्त्री राम नरेश राय केन्द्रिय सचिव हुसैन खान, केन्द्रिय सदस्य मन्जिर आलम तनबिर अख्तर मिकरानी, सर्लाही जिल्ला अध्यक्ष गणेश राय सहित पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
व्यवस्थापन समिति सर्वसहमतिमा गठन, अध्यक्षमा अर्विन्द यादव
रौतहट ।। रौतहटको गढीमाई नगरपालिका वार्ड नं. ६ सिंगारवनमा रहेको आर्दश आधारभुत विद्यालयको व्यवस्थापन समिति सर्वसहमतीबाट चयन गरिएको छ ।
आज शुक्रवार भएको अभिभावक भेलाले स्थानीय गढीमाई नगरपालिका वार्ड नं. ६ सिंगारवन निवासी अर्विन्द यादवको अध्यक्षमा ५ सदसीय समिति सर्वसहमतिबाट चयन गरिएको हो ।
नवगठीत विद्यालय व्यवस्थापन समितिको सदस्यमा राजनारायण यादव (नथूनी), सतेलाल साह, रितु देवी पासवान र रैमल देवि रहेका छन् ।
गढीमाई नगरपालिका वार्ड नं. ६ का वाडा अध्यक्ष रामसिंहासन यादवको अध्यक्षतामा भएको अभिभावक भेलाले उक्त समिति सर्वसहमतीमा गठन गरिएको सदस्य राजनारायण यादवले संगम खवरलाई जानकारी गराएका हुन ।
भेलामा विद्यालयका प्रधानाध्यापक केदार यादव लगायत गाँउका भरभलादमी, अभिभावक तथा सर्वसधारणको बाक्लो उपस्थिति रहेको थियो ।
पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठन गर्ने पेचिलो बनिरहेको अवस्थामा वर्षौ देखि समिति विहिन रहेको यस आर्दश आधारभुत विद्यालय सिंगारवन धर्मपुरले गरेको सर्वसहमती समिति गठन गर्ने निर्णयले अन्य विद्यालयले पनि पाठ सिकने देखिन्छ ।
रामपुर खापमा छोटी भन्सार कार्यालय खुलाउन अनिश्चितकालीन आमरण अनसन
रौतहट ।। परोहा नगरपालिका वडा नं. ०९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समिति ले अनिश्चितकालीन आमरण अनसनमा बसेका छन्।
समितिका अध्यक्ष तथा पुर्व शिक्षक हाजी शेख तजमुल हकका अनुसार आमरण अनसन आईतबार बेलुका करिब ३ बजेदेखि खाप छोटी भन्सार कार्यालयको प्राङ्गणमा सुरु गरिएको हो। सो समितिका अनुसार सोमबार बिहानदेखि पूर्व गाविस उपाध्यक्ष जगत लाल यादव तथा समाजसेवी साहेब शाह कानु पनि अनसनमा सहभागी हुने कार्यक्रम रहेको छ।
कोरोना महामारीको समयमा रामपुर खाप नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवत–जावत स्थानीय सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापले पूर्ण रूपमा बन्द गरेको थियो। तर कोरोना महामारी समाप्त भइसक्दा पनि हालसम्म सीमा नाका सञ्चालन गर्न आनाकानी भइरहेको स्थानीयको गुनासो छ।
सो क्षेत्रबाट चारपाङ्गरे सवारीकोभारत आवत जावत सहज नहुदा सीमावर्ती गाउँ–टोलका बासिन्दाहरूलाई विवाह, काजक्रिया, उपचार, घरायसी कामकाज तथा दैनिक किनबेचका लागि ठूलो समस्या उत्पन्न भइरहेको बताइएको छ। यसअघि पनि सोही माग राख्दै आमरण अनसन बसेको भए तापनि तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका सहायक प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रमुखले मौखिक आश्वासन दिएपछि अनसन तोडिएको थियो। तर करिब एक वर्ष बितिसक्दा पनि कुनै ठोस पहल नभएपछि पुनः आमरण अनसन सुरु गर्न बाध्य भएको सिमाना संघर्ष समितिको भनाइ छ।
आजको अनसनप्रति सरोकारवाला निकायबाट कुनै चासो नदेखाइएको भन्दै स्थानीय सर्वसाधारणले व्यापक गुनासो व्यक्त गरेका छन्। समितिले समयमै ध्यान नदिइए मानवीय क्षति हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका प्रमुखले लिनुपर्ने जनाएको छ।
सीताराम विवाहपञ्चमी ः जनकपुरमा लाखौं श्रद्धालुहरूको घुइँचो
जनकपुरधाम ।। सीताराम विवाहपञ्चमी महोत्सवको मूल कार्यक्रम वैवाहिक समारोहमा भाग लिन जनकपुरमा अहिले लाखौं श्रद्धालुहरूको घुइँचो लागेको छ।
मंगलबार महोत्सवको छैठों दिन जानकी मन्दिरबाट निस्केको माता सीताको डोला र राम मन्दिरबाट निस्केको भगवान रामको डोला ऐतिहासिक रंगभूमि मैदानमा गएर एक अर्काको परिक्रमा गरी स्वयम्बर विधि सम्पन्न गरिएको हो।
स्वयम्बर कार्यक्रमका लागि मन्दिरहरुबाट निकालिएको डोलासँगै लाखौंको संख्यामा रहेका श्रद्धालुहरूले जनकपुर नगर परिक्रमा गरेका थिए। स्वयम्बर कार्यक्रम चलिरहँदा हेलिकोप्टरबाट डोलाहरुमाथि पुष्पविष्टि पनि गरिएको थियो। अहिले डोलाहरू आ-आफ्नो मन्दिरमा फर्किएका छन्।
साँझ जानकी मन्दिरको बाहिरी प्रांगणमा बनाइएको भव्य मण्डपमा सीतारामको विवाह कार्यक्रम मैथिली विवाह विधान अनुसार सम्पन्न गरिने छ। अद्भुत विवाह समारोहमा सहभागी हुन नेपाल र भारतका विशिष्ट व्यक्तित्व, साधुसन्त र सर्वसाधारण श्रद्धालुहरूले जनकपुर भरिभराउ छ।
एक दिवसीय आखा शिविर संपन्न
रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा शनिवार एक दिने निशुल्क मोतियाबिन्द शैल्यक्रिया सम्वन्धी आखा शिविर संपन्न भएको छ ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग र गौर नगरपालिका तथा गौर आखा अस्पताल पूरेनवा रौतहटको संयुक्त आयोजना मा गौर नगरपालिका कार्यालयको सभाहलमा सञ्चालन भएको निशुल्क आखा शिविरको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले उदघाटन गरेका थिए।
बृद्ध महिला पुरुष तथा बालबालिकाको आखामा देखिने मोतियाबिन्दको निशुल्क शैलक्रिया गराउने उदेश्यले आयोजना गरिएको शिविरमा ४५७ जनाले आखा परिक्षण गराएको छ । नेत्र अधिकृत शिव कुमार यादवको नेतृत्वको नेत्र चिकित्सकको टोलीले शिविरमा सहभागी भएकाहरुको आँखाको परिक्षण गरेको गौर आखा अस्पतालका सत्येन्द्र पाण्डेयले जानकारी दिएका छन।
चिक्तिसकहरुले पुरुष २४० ,महिला २१७ र ११ जना अपंगता भएका बालबालिकाको परिक्षण गर्दा ११६ जना शैल्यक्रिया को लागि छनौट भएको छ । छनौट भएकालाइ गौर आखा अस्पतालमा निशुल्क रुपमा ऑपरेशन गरिने अस्पतालका प्रसाशक नागेश्वर चौधरी बताएका छन ।शिविरमा १९५ जनालाइ आखामा लगाऊंनका लागि चश्मा तथा २१३ जनालाइ आखामा प्रयोग गर्नका लागि औषधि समेत बितरण गरिएको आयोजक गौर नगरपालिकाले जनाएको छ ।