काठमाडौँ ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन् । हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दैल ओलीले स्वयमसेवक भएर खटिएकानजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो ।
उनले देशका केही चर्चित भनिएका मान्छेहरू भने नशामा भेटिने टिप्पणी गरे ।
‘यसपटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर-पर गन्हाउँछ थाह भइहाल्छ। खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनुहुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नुभए म खुसी हुन्छु ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












