कठमान्डु ।। फ्रान्समा लकडाउन खुकुलो बनाईंदै गर्दा मास्क लगाउन अनिवार्य बनाइने भएको छ । विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिने छ ।
पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु भने बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ । सार्वजनिक स्थलहरुमा दश जनासम्म मानिस मात्रै जम्मा हुन पाउने छन् ।
प्रधानमन्त्री एडुवार्ड फिलिपले आगामी मे ११ बाट लकडाउन खुकुलो बनाईने भएपनि सार्वजनिक यातायात र विद्यालयहरुमा मास्क अनिवार्य गरिने बताउनुभयो । संसदमा सम्बोधन गर्दै उहांले लकडाउनका कारण प्रत्येक महिना करिब ६२ हजार मानिस बचाउन सकिएको उहाँले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।