File Photo

दार्चुला ।। दार्चुला जिल्लामा लकडाउनलाई केही खुकुलो बनाइने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयले लकडाउन केही खुकुलो बनाइएको हो ।
नागरिकहरुले बेलुकी ढोका बन्द गरेर पनि किनमेल गर्ने गरेकाले बेलुकी पनि निश्चित समय तोकि अत्याबश्यकीय सामग्री आपूर्तिमा सहजता गर्ने उद्देश्यले पसल खोेल्ने समय बढाइएको हो ।
नागरिकहरुलाई सहजताका लागि अत्याबश्यकीय पसलहरु खोल्ने निर्णय गरिएको लकडाउन भने कडाईका साथ कार्यान्वयन गरिने सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले बताउनु भयो ।
दैनिक उपभोग्य सामग्रीहरु, ग्यास, तरकारी तथा फलफुलका पसलहरु, दुध पानी, अण्डा तथा मासु पुसलहरु, कृषि बीउ मल, विषादी र पशुपन्छीका लागि दाना राखिएका पसलहरु तथा औषधी पसलहरु मात्रै खोल्न दिइने छ ।
यसअघि डेढ घण्टा मात्रै पसल खोलिने पसलहरु अब ५ घण्टा पसल खोल्न पाउने भएका छन् । विहान ३ घण्टा र बेलुकी २ घण्टा गरि ५ घण्टा पसल खोल्न पाउने निर्णय जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुवँरले बताउनु भयो ।
विहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यकीय पसलहरु खोल्न पाइने निर्णय भएको हो । लकडाउनको सुरुवाती चरणमा बिहान ७ देखि १० बजेसम्म तीन घण्टा पसल खोल्न दिइएको थियो भने सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढेपछि दार्चुलामा कडाई गर्न बिहान डेढ घण्टा मात्रै पसल खोल्न पाइने गरि कडाई गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here