गौर ।। नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५४ पुगेको छ । नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५४ पुगेको बताउनुभयो ।
यस्तै नेपाल सरकारलाई विभिन्न मुलुकबाट प्राप्त हुने स्वास्थ्य सामग्री उपलब्ध भइरहेको भन्दै प्रवक्ता देवकोटाले नेपालमा स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक स्वास्थय उपकरण पर्याप्त रहेको जानकारी दिनुभयो ।
प्रादेशिक अस्पताल जनकपुरको पीसीआर विधिबाट गरिने कोरोना परीक्षणकालागि बनाइएको प्रयोगशाला बन्द गरिएको छ । पीसीआरमा समस्या भएका कारण गलत रिपोर्ट आउन थालेपछि प्रयोगशाला बन्द गरिएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।