जनकपुर ।। प्रदेश नम्बर २ सरकारले खुला सीमा नाकामा कडाइका साथ लाग्न सबै निकायलाई आग्रह गरेको छ ।
पछिल्लो समय प्रदेश २ मा भेटिएका सबै कोरोना संक्रमित खुला सीमाकै कारण प्रदेशमा भित्रिएकाले त्यसमा सबै निकाय सचेत हुनुपर्ने प्रदेश सरकारले बताएको छ ।
प्रदेश २ मा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएकोमा सबै जना छिमेकी मुलुकबाट नेपाल भित्रिएको प्रदेश २ का सामाजीक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले हिजो मात्रै रौतहटमा भेटिएका २ जना कोरोना संक्रमितपनि बन्दाबन्दीकै बीच भारतबाट नेपाल फर्किएको हुनाले खुला सीमामा कडाई गर्नुपर्नेमा सबैलाई एक जुट भएर लाग्न र सहयोग गर्न आग्रह गर्नुभयो ।
रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिका १ दुई जना पुरुषमा कोरोना पुष्टि भएको थियो । संक्रमित दुबै जनालाई पर्साको नारायणी उपक्षेत्रीय अस्पताल ल्याईएको छ ।
खुला सीमा नाकामा कडाइ गर्न प्रदेश २ सरकारको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।