काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । पार्टीका संरक्षक तथा उनका श्रीमान रेशमलाल चौधरीले अर्को दल दर्ता गर्ने हल्लापछि उनले फेसबुकमा स्टाटस लेखेर राजनीतिमा दूरी ल्याए पनि सम्बन्धको आत्मीयता कहिले नमेटिने बताएकी छन्।
‘मुटु ,यो फोटो ठीक छ’ भन्ने आवाज आज पनि कानमा गुन्जिरहेछ। राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मियता कहिल्यै मेटिँदैन’, उनले भनेकी छन् ।
बिहीबार चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । विगत एक वर्षदेखि रेशम र रञ्जिताबीच पार्टीमा विवाद हुँदा अहिले पार्टी नै विभाजनको अवस्थामा पुगेको हो ।
यस बीचमा जनमत पार्टीसँग एकता गर्ने भनिए पनि केही विवादका कारण त्यो पनि हुन सकेको छैन । रञ्जिता रेशमकी पहिलो पत्नी हुन् भने दोस्रो पत्नी आशा चौधरी हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीकलैयामा मोटरसाइकल चोरको बिगबिगीले स्थानीय त्रसित
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here