कठमान्डु ।। स्पेनमा लगाइएको बन्दाबन्दी ४ चरणमा हटाइने भएको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्पेनमा लगाइएको बन्दाबन्दीलाई मेदेखि जुन महिनाको अन्त्यसम्म गरि ४ चरणमा हटाइने तयारी गरिएको बताउनुभयो ।
उहाँले प्रत्येक क्षेत्रमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै फरक फरक तरिकाले बन्दाबन्दीलाई हटाइने बताउनुभयो । इटलीपछि युरोपमा सबैभन्दा बढी मानवीय क्षति स्पनेमा भएको छ ।
हालसम्म त्यहाँ कोरोनाका कराण २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here