काठमान्डु ।। सरकारले उद्योग, निर्माण र सेवा क्षेत्र सञ्चालन खुकुलो बनाउने निर्णय गरेको छ । लगडाउन अर्थात बन्दाबन्दी पनि ठाउँ अनुसार परिमार्जन गर्ने तयारी गरेको छ ।
अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले सेवा क्षेत्र खोलेर असंगठित क्षेत्रका श्रमिकलाई काममा आबद्ध गर्ने तयारी भइरहेको बताउनुभयो । हिजो मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उहाँले श्रमिकको जीवनयापन सजिलो हुने गरि सरकार अगाडी बढन खोजेको बताउनुभयो ।
सरकारले जेठ १५ मै संसदमा बजेट प्रस्तुत गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । अवस्था असहज भए पनि कर्मचारीले बजेटका लागि काम गरिरहेको उनको भनाइ छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम जीवनरक्षासँग सम्बन्धित भएको बताउनुभयो ।
बजेट कस्तो ल्याउने भन्नेबारे सरोकारवालासँग पर्याप्त छलफल एवं अन्तक्र्रिया गर्न नसकिएपछि पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले विश्व बैंकसँग १२ अर्बभन्दा ऋण लिने भएको छ । विश्व बैंकको समूह आइडिएबाट झन्डै १२ अर्ब १७ करोडभन्दा बढी ऋण स्वीकार गर्ने सरकारले निर्णय गरेको हो ।
यसका लागि वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।