काठमान्डु ।। विनासकारी भुकम्प गएको आज ५ बर्ष पुरा भयो । लकडाउनका कारण अहिले भुकम्प पछिको पूर्ननिकर्माणको काम सबै ठप्प छ ।
जसका कारण यसै आर्थिक बर्ष भित्र सक्ने भनिएको निजी आवास निर्माणको लक्ष्य पनि प्रभावित भएको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । खासगरि चैत र बैशाख महिनामा विघालय, स्वास्थ्य संस्थादेखि पुरातात्विक सम्पदाको पूननिर्माण समेत हुनसकेको छैन ।
पुर्ननिर्माण प्राधिकरणले असार मसान्त सम्म भत्किएका सबै निजी घरहरु निर्माण गर्ने लक्ष्य बनाएको थियो । सरकारले तिन किस्तामा गरेर ३ लाख रुपैया अनुदान दिएर भत्किएका निजी आवास निर्माणको काम भैरहेको थियो ।
हाल ९० प्रतिशतको हाराहारीमा सकिएका भनिएका त्यस्ता घरहरुको निर्माण कार्य पूर्ण रुपमा रोकिएको र असार मसान्त सम्म सक्ने लक्ष्य पुरा नहुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताउनुभयो ।
मुख्य गरि काठमाण्डु उपत्यकाका तिनै जिल्लामा यस्ता धेरै घर निर्माण गर्न बाँकी रहेकोछ । त्यसका अतिरिक्त पहिले लाभग्राहीको सुचीमा छुटेका र पछि गुनासो सम्बोधन गर्ने क्रममा सुचीमा समावेश गरिएकाहरुको घरहरु पनि निर्माण गर्न बाँकी रहेको जनाइएको छ ।
प्राधिकरणले झण्डै ७ लाख ८० हजार परिवारलाई निजी आवास निर्माणमा अनुदान दिने सम्झौता गरेको थियो । जारी लकडाउनले पूर्ननिर्माण अन्र्तगत निर्माण भईरहेको विद्धालय, स्वास्थ्य संस्था र पुरातात्वीक सम्पदाको काम पनि हुन सकेको छैन् ।
पूर्ननिर्माणको काम धेरै बाँकी रहेकामा स्वास्थ्य संस्था पर्दछन् । ६ सय ११ स्वास्थ्य सस्था, ३ सय ८६ विद्धालय भवन, ३ सय ८१ पुरातात्वीक सम्पदा, १ सय ७६ सुरक्षा निकायका भवन र ९ वटा सरकारी भवनको निर्माण नै शुरु हुन नसकेको प्राधिकरणको तथ्याडले देखाएको छ । तर काठमाण्डौ उपत्यका भित्रका विश्व सम्पदा क्षेत्रभित्रको काममा भने राम्रो प्रगती गरेको ज्ञवालीको भनाई छ ।
नेपालमा विनासकारी भुकम्प गएको ५ बर्ष पुरा, पिडितले पाएन घर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।