काठमान्डु ।। ४ दिनअघि ल्याइएका २ अध्यादेश फिर्ता लिनका लागि दवाव बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती अध्यादेशका बारेमा अनौपचारिक छलफललाई तीव्रता दिनुभएको छ ।

हिजो दिनभर केही कानुन व्यवसायी र संविधानविदसँग अनौपचारिक छलफल गर्नु भएको प्रधानमन्त्री ओली साँझ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नु भएको छ । हिजोसाँझ शीतल निवास पुग्नुभएका ओलीले अध्यादेश लगायत समसमायिक विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सीआईएनसँग बताउनुभयो ।

पौने सात बजे शितल निवास पुग्नुभएका ओली ८ बजे पछि बालुवाटा फर्कनुभएको थियो । तर, अध्यादेश लिने निर्णय भइसकको छैन । हिजो बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड र नेता माधव कुमार नेपालसँग छलफल गरेर अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो ।

यसैबीच, प्रधानमन्त्रीले साँझसम्म पनि अध्यादेश फिर्ता नलिएपछि नेकपा केही नेताहरुले छुट्टै छलफल गरेका छन । सत्तारुढ दल नेकपाका सचिवालयका बहुमत सदस्यहरूको भेलाले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन र स्थायी कमिटिको बैठक बोलाउन प्रधानमन्त्रीसँग माग गरेको छ ।

सचिवालयका ६ जना नेताहरूको भैँसेपाटीमा वामदेव गौतमको निवासमा भएको छुट्टै भेलामा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागि हुनुभएको थियो ।

बैठकपछि नेता खनालले अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरिएको सीआईएनसँग बताउनुभयो । भैँसेपाटी भेलामा पुग्नुभन्दा अघि हिजो बिहान अध्यक्ष प्रचण्ड र नेता नेपालले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको थियो ।

अस्ति नेकपा थायी कमिटीका २० जना सदस्यले स्थायी कमिटिको बैठक माग गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here