सर्लाही ।। विश्व कोरोना भाईरसबाट जुद्धि रहेको माैका छाेपी सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश संसद उपेन्द्र महतोले मनमानी ढंगले आफुखुसी कार्यविधि विपरित प्रदेश विकासको रकम दुरुपयोग गरिएको प्रति नेकपा सर्लाहीका युवा नेता चन्द्र भुषण साहले आपती जनाएको छ ।
नेता साहले, प्रदेश सभा सदस्य उपेन्द्र महतोलाई समाजिक सञ्जाल फेसबुक मार्फत सिधा प्रश्न गरी प्रदेश विकास कोषको रकम दुरुपयोग नगर्न खबरदारी गरेको हो । निर्वाचन क्षेत्र संसदीय विकास कोषको रकम कसैको निजी पेवा नभई सबै क्षेत्रवासीको साझा हो । त्यसैले मनमानी ढंगबाट आफुखुसी कार्यविधि विपरीत यसबाट १ करोड रकम प्रदेश सरकारको कोषमा दिने नैतिक धरातल एवं कानुनी अधिकार विधायक महतोलाई नरहेको युवा नेता साहको ठहर रहेको छ ।
व्यक्तिगत आफ्नो सस्तो लोकप्रियता र अकर्मण्यतालाई ढाकछोप गर्न रचेको यो नौटंकीपूर्ण तमसा संधैभरी टिक्न सक्दैन । किनभने, परिवारिक राजनीतिक विरासतको आडमा कसैले जनतासंग यसरी धोखाधडी र घात गर्छ भने, अबको सचेत एवं जागरूक जनताले कतहीं माफ नगर्ने नेता साहले जिकिर गरेका छन् ।
नेता साहले आफु सर्लाही क्षेत्र नं. १ (क) को वासी आम नगरिक समेत रहेको जिकीर गर्दै, फेसबुक पोस्ट मार्फत यस्ता प्रश्नहरु सोझयाएका छन् ।
बिधायक मा. उपेन्द्र महतो सुडीसंग एक क्षेत्रवासी सार्वभौम नेपाली नागरिकको हैसीयतले मेरो सिधा प्रश्न निम्नलिखित रहेको छ
प्रश्न नं. १. बाहिरबाट मेहनत मजदूरी गरेर आफ्नो अधिनस्थ परिवारजनको लालनपालन गर्नु हरेक सच्चा कर्तव्यनिष्ट अभिभावकको परम दायित्व हो, नाकी आफ्नो सदस्यलाई भोकै छोडी घरभित्रको दानापानीमा बाहिर आफ्नो सस्तो लोकप्रियताको लागि तमसा रच्नु ? (अपना क्षेत्रवासिके अई संकटके घडीमे खाईला लाई न आ क्षेत्रसे बाहर जाके…..! )
प्रश्न नं. २. हेक्का रहोस १ निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकम सारा क्षेत्र बासीको साझा हो, नाकी तपाईको व्यक्तिगत पेवा ? यो यथार्थलाई कसरी भुल्नु भो ?
प्रश्न नं. ३. जसरी एउटा वडा अध्यक्षलाई आफ्नो वडा विकासको रकम जिल्लाभरी वितरण गर्ने नैतिक आधार र अधिकार हुदैन, ठीक त्यसैप्रकार एउटा विधायकलाई संघ, प्रदेश वा अन्य निकायबाट आफ्नो क्षेत्रमा थप बजेट ल्याउनुको सट्टा विधानसभा क्षेत्र भित्रको बजेट कार्यविधि विपरीत क्षेत्रबाहिर लाने नैतिक धरातल र अधिकार हुदैन । राजनीतिक विरासतमा हुर्केको तपाई जस्तो नेताबाट यस्तो लापरवाही कसरी क्षम्य हुन सक्छ ?
नेता साहले, प्रदेश नं. २ सरकारको कोरोना विपद कोषमा निर्वाचन क्षेत्र विकास कोषको रकम व्यक्तिगत सस्तो लोकप्रियताका लागी दिने घोषणा गरेको सन्दर्भमा यस्ताे आपती जनाएको संगम खवर संगकाे कुराकानीमा बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here