रौतहट ।। रौतहट जिल्लामा यस वर्षको चैती छठ पूजा ब्रतालु महिलाहरुले घर वाटै अस्ताउँदै र उदाउदो सूर्यको अर्घ अर्पण गरी सम्पन्न गरेका छन् ।
आस्था र विश्वासको महापर्व रुपमा रहेका चैती छठ नजिकको जलासय नदी , पोखरी , ताल ,खोलाको किनारमा श्रीसपता स्थापना गरी अस्ताउने र उदाउदो सूर्यको अर्घ दिने चलन रहेको भएपनि विश्वमा महामारीको रूप लिएर त्राहिमाम मचाएका कोरोना भाइरसको प्रकोपको कारण आफ्नै घरमा बसेर छठ पर्व मनाउनु पर्ने बध्यातमक अवस्था सृजना भएको हो ।
भाइरसको जोखिम संक्रमण न्यूनीकरण तथा रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको लाक डाउनको कारण एक ठाउमा भीड़भाड़ लगाउनु नपर्ने भएकोले सदरमुकाम गौरमा घर ,दरवाजा , छतमा जलासय बनाएर ब्रतालु महिलाहरु अस्ताउँदै र उदाउदो सूर्यको अर्घ अर्पण गरेका हुन ।
निर्जल उपवास बसेकी ब्रतालु महिलाहरुले सूर्यको आराधना गर्दै पर्व गर्ने गर्छन । मागेको मनोवांछित फल पूरा हुने विश्वासका साथ निर्मल काया ,स्वास्थ्य र सुखी जीवन , पति ,पुत्रको दीर्घायुको कामनाको साथ निर्जल उपवास बसेर छठी मैयाको विधिपूर्वक पूजा आजा गर्ने गरिन्छ ।
अस्ताउँदै सूर्यको अर्घ दिएका व्रतालु महिलाहरुले बेलुकी तीर आँगनमा कोशी थाप्ने र विहान उदाउँदै सूर्य को अर्घ अर्पण गरी अन्न ग्रहण गर्ने छन । गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ताले मुलुक लगायत विश्व नै महामारीको चपेटमा फसेकोले यो वर्षको चैती छठ सुरक्षित रुपमा घर घर मै मनाऊँन अपील गरेका थिए ।
मेयर गुप्ताको आग्रहलाइ नगरबासीले समर्थन गर्दै घरमा पर्व मनाऊंन शुरू गरेको हो । शहरी क्षेत्रमा घर घरमा छठ मनाए पनि ग्रामीण क्षेत्रमा पोखरी किनारमा गएर सामाजिक दुरीको अवधारणा गर्दै छठ मनाउने गरेको बुझिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here