रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ लक्ष्मीपुर बेलविच्छवा स्थित रहेका सशस्त्र प्रहरी बल बीओपीको टोलीले लागू औषध गाजा सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
गौरबाट लाक्षीपुर तर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापा नेतृत्वको टोलीले चेकजाच गर्ने क्रममा कालो बैगमा लुकाएर भारत तर्फ लैजानको लागि राखिएको ५ किलो २ सय ग्राम लागू औषध गाजा सहित भरत बिहारको सीतामढ़ी जिल्ला बैरगनिया १३ निवासी योगेन्द्र पासवानको २१ वर्षीय छोरा रोहित कुमार पासवानलाइ नियंत्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक रोविन राज कर्णजीतले जानकारी दिनु भएको छ ।
प्रतिवन्धित लागू औषध गाजा सहित पकरुआ परेका पासवानलाइ सशस्त्र प्रहरी बल ११ नम्बर गण हज्मीनियामा पत्रकार सम्मलेन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका पासवान लाइ कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here