सांकेतिक तस्विर

काठमाडौं ।। इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ । कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये तीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ । डब्लूएचओले कोरोना भाइरसको रोकथामलाई उच्च प्राथमिकतामा राख्न सबै देशलाई अपील गरेको छ । इटलीका अधिकारीले शुक्रबार कोरोनाका कारण मृत्यु हुनेको सख्ंया सबैभन्दा बढी पुगेको घोषणा गरेका थिए । मृत्यु हुनेको औषत आयु ८१ वर्ष छन् र, उनीहरु पहिल्यैदेखि अन्य स्वास्थ्य समस्यामा थिए । इटली विश्वकै पाको उमेरका धेरै जनसंख्या भएको देश मध्ये एक हो । त्यहाँ कोरोना फैलिएपछि सरकारले १० दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ भने व्यवसायिक खेलहरु एक महिनासम्म बन्द कोठाभित्र खेलाइनेछ ।

श्राेतःअनलाईन खबर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here