रौतहट ।। जिल्ला सुरक्षा समिति रौतहटले जिल्ला भित्रमा सार्वजनिक कार्यक्रम आयोजना नगर्न गराउन सार्वजानिक रुपमा अपील गरेका छन ।
विहिवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सुरक्षा समितिले बढ्दै गइरहेको कोरेना भाइरसको संक्रमणबाट बाच्नको लागि भीड़भाड़ जम्मा हुने गरी कुनै पनि कार्यक्रम सभा ,सम्मलेन ,गोष्ठी ,सेमिनार ,महोत्सव लगायतका कार्यक्रम आयोजना नगराउन विभिन्न राजनितिक दल ,स्थानीय निकायलाइ अपील गरेको छ ।
बैठकबाट नेपाल र भरत विच खुल्ला सिमाना रहेकोले आउने होली पर्वमा बाहिरबाट ठूलो भीड़मा मानिस भित्रिन सकने सम्भावना रहेकोले दुवै नाकामा हेल्प डेस्क स्थापना गर्ने निर्णय समेत गरेको छ ।
गौर भन्सार तथ बंकुल भन्सार नाकामा गौर नगरपालिका तथा बौधिमाई नगरपालिकाले स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गर्नु पर्ने तथा सचेतना मूलक सुचना प्रसारण गराउनु पर्ने निर्णय गरिएको छ । भरत बाट फर्किने तथा विदामा आउनेहरुको तापक्रम जांच गर्ने व्यवस्था मिलाउने दुवै नगरपालिकालाइ निर्देशन दिइएको छ ।
अर्को व्यवस्था नभए सम्म कार्यक्रमहरु आयोजना नगराउन आग्रह गर्ने , जिल्ला अस्पतालमा तत्कालका लागि १० सैयाको आइसोलेसन वार्ड स्थापना गर्ने र सो अनुसारको जनशक्ति प्रवन्ध गर्न लेखी पठाउने ,जिल्ला स्थित सम्पूर्ण स्थानीय तहलाइ कोरेना भाइरस संग सम्वन्धित सचेतनामूलक सन्देश ,सुचना ,जानकारी , सतर्कता सम्वन्धी तौर तरीका ,सहितको पर्चा , माइकिंग गर्न लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भएको छ ।
कार्यक्रम नगर्नु सचेतना फैलाउनु आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।