काठमाडाैं ।। अष्ट्रेलियाले फिफा विश्वकपको एसिया छनोट अन्तर्गत नेपालविरुद्धको खेल सार्न प्रस्ताव गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै अष्ट्रेलियाले नेपालविरुद्धको पूर्वानिर्धारित खेल सार्न प्रस्ताव गरेको हो । अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लिगको खेल नेपालसँग खेल्दैछ । मार्च ३१ मा नेपाल र अष्ट्रेलियाले दशरथ रंगशालामा यो खेल खेल्ने तय गरिएको छ । त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसँग विश्वकप छनोटको दोस्रो लिग खेल्दैछ । कोरोना भाईरसको बढ्दो जोखिमका कारण नेपाल सरकारले सार्वजनीक कार्यक्रम आयोजना नगर्न अपिल गर्दै आएको छ । सोही अनुसार भिडभाड हुने कार्यक्रम गर्न समेत सरकारले रोक लगाएको छ । अष्ट्रेलियाको निवेदन र नेपाल सरकारको पछिल्लो बन्देजका कारण विश्वकप छनोटको पूर्व निर्धारित खेल सर्ने सम्भावना बढेर गएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here