काठमाडाैं ।। कोरोना भाइरस संक्रमणको प्रकोप खेपिरहेको इटलीले आजदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका बीबीसीले लेखेको छ । कोरोनाभाइरस संक्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताउनुभएको छ । देशको उत्तरी क्षेत्रमा तीन हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि संक्रमण फैलिएको पुष्टि भइसकेको छ । हालसम्म कोरोनाका कारण विश्वभरिमा झन्डै तीन हजार दुई सय जनाको मृत्यु भइसकेको छ भने ९० हजार बढी मानिस संक्रमित भएका अन्तराष्ट्रिय सञ्चार मात्तयमहरूले खबर लेखेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म कोरोनाभाइरस संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेको छैन । तर बुधवार जर्मनीका स्वास्थ्यमन्त्रीले अब उक्त भाइरस संक्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताउनुभएको छ । अहिलेसम्म ८१ देशमा यसको संक्रमण पुष्टि भइसकेको छ ।
अहिलेसम्म ८१ देशमा कोरोनाको संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।