काभ्रे ।। काभ्रे र सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहले कक्षा एकदेखि ९ सम्मको परीक्षा तालिका पूर्वनिर्धारित समय भन्दा अघि सारेका छन् । संघीय सरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरूलाई आग्रह गरेपछि स्थानीय तहहरूले धमाधम परीक्षा तालिका अगाडी सारेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरेर कक्षा एकदेखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न भनेको छ । सोही सूचनालाई आधार मानेर काभ्रे र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहहरूले हिजो नयाँ परीक्षा तालिक सार्वजनिक गरेका हुन् । दुई जिल्लाका स्थानीय तहले फागुन २८ गते सुरू गरेर चैत ५ गते सक्ने गरी परीक्षाको नयाँ तालिका सार्वजनिक गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।