काठमाडौं ।। कोभिड १९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएसँगै नेपाली बजारमा ‘ सर्जिलक मास्क’ अर्थात् पुनः प्रयोग नहुने मास्कको अभाव देखिएको छ । गम्भीर प्रकारका संक्रमणबाट जोगिन प्रयोग हुने कतिपय विशेष प्रकारका मास्क समेत बजारमा उपलब्ध हुन छाडेको छ । मध्यान्हको समय चर्को घाममा एमबीएमा अध्ययनरत काठमाडौं सामाखुसीका अस्मिता पौडेल त्रिपुरेश्वर नजिकै सडक छेउमा स्कुटर रोकेर औषधी पसलमा छिर्नुभयो । गर्मीले असिन पसिन देखिनुभएका पौडेलले अरु ठाउँमा जस्तै यहाँ पनि मास्क पाउनुभएन । बाजुराका सुशिला रोकाय किर्तिपुर बस्नुहुन्छ । कामको शिलशिलामा अनामनगर पुग्दा उहाँले बाटोमा देखेका सबै औषधी पसलमा मास्क छ ? भनेर सोध्नुभयो । तर कसैले छ भनेनन् । अनामनगर पुगेपछि मात्रै सुसिलाले ५ थान मास्कको जोहो गर्न सक्नुभयो । काठमाडौं उपत्यकाका सबैजसो औषधि पसलमा मास्क अभाव छ । अधिकांशमा हामीसँग मास्क छैन भनेर पर्चा नै टाँसिएको पाइन्छ । एक महिना अघिसम्म प्रतिगोटा पाँच रूपैयाँ पर्नेलाई २० देखि २५ रूपैयाँ र १० रूपैयाँ पर्नेलाई ४०–५० रूपैयाँसम्म असुलेका खुद्रा व्यापारी यतिबेला थोकमै खरिद गर्न नपाएको अनुभव सुनाउँछन् । देशभरिका अस्पताल, शल्यक्रिया, विभिन्न चिकित्सा प्रयोजन र अन्य प्रयोगका लागि मासिक १० लाख वटासम्म सर्जिकल मास्क खपत हुने गरेको छ । नेपाली बजारमा मास्क अभाव भइरहेका बेला सरकारले कसरी व्यवस्थापन गर्दैछ ? उद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्र सुवेदी कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिएको र आवश्यक मात्रामा मास्क उपादन गर्ने विषयमा सरकारले तयारी थालेको बताउनुहुनछ । सर्जिकल, पेपर र एन–९५ मास्क वार्षिक ६ करोड थानको हाराहारीमा नेपालमा आयात हुँदा पछिल्लो डेढ महिनामा मात्र ४३ लाख १७ हजार थान मास्क नेपालबाट निर्यात भएको छ । निर्यात भएको मास्क छिमेकी मुलुक चिन लगिएको व्यापारीहरूले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here