काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागले बिहान जारी गरेको सूचना अनुसार आज पश्चिमी भू भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हावाहुरी र असिना साथै मध्य र पूर्वी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज राति पश्चिमी र मध्यका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरी, असिना तथा पूर्वी पहाडका एकदुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विभागले देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।