काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उपचारमा संलग्न चिकित्सक डाक्टर प्रेम ज्ञवालीका अनुसार अहिले मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ । हिजो ३ बजेदेखि अहिलेसम्म १० लिटर भन्दा बढी पिसाब फेरिसक्नुभएको र उहाँको शरीरमा रहेको जम्मा भएको फोहर पदार्थ र पिसाब गएको उहाँले बताउनुभयो । यही गतिमा मिर्गौलाले काम गरेमा नतिजा सकारात्मक आउने उहाँको भनाइ छ । सोमबार अस्पताल भर्ना हुनुुभएका ओलीलाई भान्जी समिक्षा संग्रौलाले आफ्नो मिर्गौला प्रदान गर्नुभएको हो । उहाँको स्वास्थ्य अवस्था पनि राम्रो रहेको डाक्टरहरूले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here