काठमाडौं ।। जबरजस्ती करणी मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले सफाइ पाएको जानकारी गराएका हुन्।

अब निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको हो। महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको थियो।संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो। पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

श्राेत ः अन्नपूर्ण पोष्ट

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here