राजेन्द्र महतो

लहान ।। पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिराहाको कर्जन्हा नगरपालिका -२ बन्दीपुरबाट करिब २किलोमिटर उत्तरतर्फ स्थित बाबा ताल पर्यटकीय स्थलको रूपमा रहेको पाइन्छ । सुन्दर र शान्त देखिने बाबा तालमा हरियो जङ्गलको मनोरम दृश्य देखिने र ताल किनारमै मोक्षश्वर महादेव मन्दिर समेत रहेका कारण यहा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ ।

यो तालमा पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा खेलिरहेका हुन्छन् । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको वन संरक्षण समिति बन्दीपुरका अध्यक्ष अंजनी कुमार दाहालले बताएका छ्न। वहाँ ले यहिले ताल निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका बताएका छन् । छ्न । सामुदायिक वनको मुहारमा रहेको बाबा तालमा हाल ५ तले भ्यु टावर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो तलमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण बाबा तालमा रमाउन पुग्ने गरेका छन् । बााबा तालमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण बाबा ताल पर्यटक, कर्मचारी, विद्याथी, युवायुवतीले भरिएको हुन्छ । हिजोआज दैनिक २० देखि २५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् । यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको वन संरक्षण समिति बन्दीपुर,सिरहाका संस्थापक अध्यक्ष भोल पोखरेलले बताउनु भयो । पोखरेलको अनुसार बाबा तालमा पिकनिक वा वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ । त्यस्तै खानेपानी, शौचालयका साथै पर्यटकहरुलाई तालमा डुङ्गाको (बोटिङ) व्यवस्थासमेत गरिएको छ ।तालमा डुङ्गाको (बोटिङ) गर्नको लागि प्रति व्यक्ति २५ रुपैया शुल्क राखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here