एजेन्सी ।।  दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले कप्तानी जिम्मेवारीबाट राजिनामा दिएका छन् । फाफ डु प्लेसिसले टेष्ट र टि ट्वान्टी कप्तानबाट सोमबार राजिनामा दिएका हुन् ।

फाफ डु प्लेसिसले आफ्नो कप्तानीमा ३६ टेष्टमा १८ मा जित, १५ मा पराजित र ३ मा बराबरी छ । डु प्लेसिसको कप्तानीमा दक्षिण अफ्रिका ३९ ओडीआई खेलमा २८ मा जित १० मा पराजितको नतिजा छ । टि ट्वान्टीमा दक्षिण अफ्रिकाबाट सर्वाधिक कप्तानी गरेका फाफ डु प्लेसिसले ३७ खेलमा २३ मा जित र १३ मा हार बेहोरेका छन् ।

एक दिवसियमा भने दक्षिण अफ्रिकाले अघिल्लो महिना इंग्ल्यान्डसँगको तीन ओडीआई सिरिज देखी कप्तानीको जिम्मेवारी ओपनर तथा विकेटकिपर क्विन्टन डी ककलाई दिएको थियो ।

फाफ डु प्लेसिसको कप्तानीमा अघिल्लो महिना दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको चार टेष्ट सिरिज ३-१ ले गुमाउन पुग्यो । डी ककको कप्तानीमा दक्षिण अफ्रिकाले तीन ओडीआई सिरिज इंग्ल्यान्डसँग १-१ को बराबरीमा सकाएको थियो । आइतबार इंग्ल्यान्डसँग सकिएको तीन टि ट्वान्टी सिरिजमा पनि क्विन्टन डी ककले कप्तानी गरेका थिए । दक्षिण अफ्रिकाले टि ट्वान्टी सिरिज सिरिज २-१ ले गुमाएपनि तीनै खेलमा उत्कृष्ट प्रर्दशन गरेको थियो ।

गत जुलाईमा इंग्ल्यान्डमा सम्पन्न आईसीसी एक दिवसिय विश्वकपमा दक्षिण अफ्रिका सातौं स्थानमा रहँदै बाहिरिएपछि प्लेसिसको कप्तानीमा प्रश्न उठेको थियो । पछिल्लो समय उनको प्रर्दशनलाई लिएर पनि आलोचन भई रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here