काठमाडौं ।। नेपाली कांग्रेसका तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उनको मंगलबार निधन भएको हो। ज्ञवाली अल्सर रोगबाट पीडित थिए। २००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्या्एका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए। उनका श्रीतमी, दुई छोरा र तीन छोरी छन्।
ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।